चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल
हेमन्त केसी/रासस
जाजरकोट, ११ भदौं ।
स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएपछि अस्पताल बिहीबार देखि अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सक सहित अन्य दुई स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सवै खालका सेवा बन्द गरी सिल गरिएको अस्पतालले जनाएको छ । त्यस्तै डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । एक हप्ताका लागि भेरी नगरपालिका ३/४ मा निषेधाज्ञा जारी गरिएको छ । चार दिन अघि मात्र राष्ट्रिय बाणिज्य बैंक, प्रहरी, सेना र भेरी नगरपालिकाका कर्मचारीलाइ कोरोना संक्रमण देखिएको थियो । अव चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको सम्पर्कमा आएकाहरुलाई खोेजेर स्वाब लिने काम हुन लागेको अस्पतालले जनाएको छ ।




