सुनथराली विमानस्थलदेखि जिल्ला जोडने केबुलकारको अध्ययन

तुलराज पाण्डे
कालिकोट, ११ असार ।
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाले आफ्नो साताँै गाउँसभाबाट जनमैत्री जनपक्षिय निति तथा कार्यक्रम पारित गरेको छ । सुनथराली बिमानस्थलदेखि जिल्ला सदरमुकाम हुँदै मान्म जोड्ने केबुलकार निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न नरहरिनाथ गाउपालिकाले सातौँ गाउसभाबाट निति तथा कार्यक्रम पास गरेपछि जिल्लाबासीको अधुरो सपना पुरा हुने भएको छ ।

स्वास्थ्य, शिक्षा, पुर्वाधार, खानेपानी तथा सरसफाई, कृषि, पशुपंक्षी, युवा तथा खेलकुद, सहकारी तथा संघ संस्था, कला, धर्म र सँस्कृति, महिला बालबालिका, जेष्ठ नागरिक र फरक क्षमता, सुचना प्रविधि, लघु जलविद्युत्त, पर्यटन, वन वातावरण तथा विपद् ब्यबस्थापन, रोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रम, पुरुस्कार तथा प्रोत्साहन, राहत तथा उद्दार, उद्योग बाणीज्य, सुशासन र कर शीर्षकमा आधारित बजेट बिनियोजन गर्ने निति तथा कार्यक्रम उक्त गाउँ सभाले पास गरेको छ ।

सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि कोरोना नियन्त्रण तथा रोकथामको महान अभियानसँगै आर्थिक बिकास तथा समृद्ध आत्मनिर्भर बनाउनेतर्फ गाउँपालिकालाई अग्रसर बनाउने र प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउमा ५० सैयाको आइसुलेसन कक्ष निर्माण गर्ने, बिरामीको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै, गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने, निति तथा कार्यक्रममा तय गरिएको छ । सम्पन्न गाउँसभाले नरहरिनाथ गाउँपालिकामा वैकल्पिक कक्षा सञ्चालन गरी सबैलाई साक्षर बनाउने, कोभिड १९ लाई मध्यनजर गरि प्रत्येक महिना विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने, बिद्यालयका कक्षा कोठा छापामय गर्ने, उत्कृष्ट बिद्यालयलाई पुरुस्कृत गर्ने, परिक्षालाई मर्यादित बनाउन अनुगमनमा जोड दिने जनाइएको छ ।

सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले छिमेकी गाउपालिकासँग समन्वय गरी सुनथराली सान्नी त्रिवेणी, रुप्सा सान्नि त्रिवेणि, अन्तरपालिका जोड्ने सडक निर्माणका लागि बिशेष जोड दिनुका साथै लालिघाट सुनथरालि बडिमालिका पर्यटकिय सडक मार्ग निर्माणका लागि संघ र प्रदेशसँग बजेट माग गर्ने र गाउँपालिकाबाट पनि आबश्यक बजेटको ब्यबस्थापन गर्ने बताउनुभयो ।

नरहरिनाथ गाउपालिकामा खानेपानीको अभाव हुन नदिन एक घर एक मिटर सहितको धारा कार्यक्रमलाई प्रभावकारी बनाइने, पानीको सम्भाबित श्रोतको पहिचान गरी प्रत्येक वडामा सिंचाई कुलो निर्माण गरिने, खुलालुमा रहेको दुध डेरीलाई ब्यबस्थित गरिने, एक घर एक करेसाबारी, एक गाउँ एक पहिचान कार्यक्रम लागु गरिने, उत्पादिन कृषि बस्तुको बजारिकरणका लागि ढुवानीमा सहुलियत दिइने, कृषि उत्पादनमा जोड दिँदै गरिवि उन्मुलनका गर्नुका साथै आर्थिक क्रान्तिमा जोड दिने, खेलाडीलाई खेलकुदका माध्यमबाट प्रोत्साहन गर्ने, रहगाडमा रहेको खेलमैदानलाई थप प्रभावकारी बनाइने, युवा शक्ति परिचालन गर्ने, बिकास निर्माणमा तिव्रता दिइने सहकारीमा संघ साझेदारी गरी सुपथ मुल्य पसल सञ्चालन गर्ने अध्यक्ष बिष्टले प्रस्तावित गरेको निति तथा कार्यक्रमलाई सम्पन्न गाउँ सभाले पारित गरेको छ ।

गाउँपालिका भित्र रहेका ऐतिहाँसिक धार्मिक सम्पदाको अभिलेखिकरण गरी संरक्षण गर्ने, महिला बालबालिका, जेष्ठ नागरिक र अल्पसंख्यक फरक क्षमता भएका नागरिक समान अवसर कायम गर्ने रणनीति तयार गरिने बालश्रममुक्त गाउँपालिका घोषणाका लागि पहल गरिने, नरहरिनाथ गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउनका लागि गाउँपालिकाले एक सय वाटको रेडियो सुनथराली संचालन गर्ने, धाचुखोला जल विद्युत आयोजनालाई सञ्चालन गर्ने, एक वडा एक पर्यटकको पहिचान गरिने, नमुना पर्यटकीय गन्तव्य क्षेत्र निर्माणमा जोड दिने निती तथा कार्यक्रम पेश गरेको छ ।

नरहरिनाथ गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्न अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने, एसइइ परिक्षामा उत्कृठ हुने विद्यार्थीलाई पुरस्कृत गर्ने, कर्मचारीको तह हेरी २० प्रतिशत सम्म तलव बृद्धि गर्ने अध्यक्ष विष्टले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकालाई सुचनामैत्री बनाउनका लागि सुशासनका कार्यक्रम पनि गाउँसभाले पारित गरेकोछ ।

गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्ने भएको छ । साताँै गाउँसभाको निति तथा कार्यक्रम अध्यक्ष विष्टले प्रस्तुत गरिसकेपछि गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले गाउँपालिकाले पारित गरेको निति तथा कार्यक्रमका लागि चालु खर्च तर्फ ३५ करोड ६२ लाख, ५१ हजार ६ सय ९० रहेको छ भने, पुजिँगततर्फ १७ करोड ५७ लाख, ७८ हजार गरी जम्मा ५३ करोड २० लाख २९ हजार ६ सय ९० रुपैयाँसहितको बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले गाउँपालिकाको साताँै गाउँसभाले पारित गरेका सम्पूर्ण निति तथा कार्यक्रम यसै बर्षभित्रमा सम्पन्न गरिसक्ने बताउनुभयो ।

सुनथराली विमानस्थलदेखि जिल्ला जोडने केबुलकारको अध्ययन

गायिका अन्जु पन्तको आज जन्मदिन

सुनथराली विमानस्थलदेखि जिल्ला जोडने केबुलकारको अध्ययन

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध, पहिराे हटाइदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds