बराहतालको क्वारेन्टाइनमा युवाहरुको सहयोग
सुर्खेत, ६ असार ।
नेपाल युवा परिषद् कर्णाली प्रदेश सुर्खेतले बराहताल गाउँपालिकामा रहेका पूर्व सावधानी गृहमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत, सृजना पोलिक्लिनिक सुर्खेत, कर्णाली एग्रिकल्चर सोसाइटी तथा कोरियामा रहेका नेपाली युवाहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
बराहताल गाउँपालिका सुर्खेतको वडा नं. ४ मा अवस्थित दुई वटा क्वारेन्टाइन (पूर्ब साबधानी गृह) भेरी माध्यमिक विद्यालय र सरस्वती माध्यमिक बिद्यालयमा रहेका प्रत्येक ब्यक्तिलाई मास्क, साबुन, ब्रस, मन्जन तथा पुनःप्रयोग गर्न मिल्ने पानी खाने बोटलहरु उपलब्ध गराइएको नेपाल युवा परिषद् कर्णाली प्रदेश सुर्खेतका सचिव रमेश कठयातले जानकारी दिनुभयो ।
उक्त सामानहरु त्यस्तै वडाका वडा अध्यक्ष टेक बहादुर कठायतको रोहबरमा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई उपलब्ध गरिएको थियो भने उहाँले नेपाल युवा परिषद् कर्णाली प्रदेश र सहयोग गर्ने ब्यक्तिहरुलाई उक्त कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । ‘सहयोग सानो ठुलो जस्तो पनि हुन सक्छ र सहयोग गर्ने दृढता हुन जरुरी छ’ नेपाल युवा परिषद् कर्णाली प्रदेशका संयोजक इन्द्रजीत सुनारले भने ‘हाम्रो एउटा सानो सहयोगले कसैको लागि राम्रो हुन्छ भने किन नगर्ने भन्दै सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता ब्यक्त गर्दछु ।’
उक्त कार्यक्रम वराहताल गाउँपालिका वडा नं. ४ का अध्यक्ष टेक बहादुर कठायत, वार्ड सदस्य सुमन गुरुङ, नेपाल युवा परिषद कर्णाली प्रदेशका सम्योजक इन्द्रजीत सुनार, सचिव रमेश कठायत र सदस्यहरु सुशील न्यौपाने र पुष्कर भारतीको उपस्तिथिमा भएको थियो ।
कोरियाबाट सहयोग गर्ने युवाहरुको विवरण
१. श्री युबराज शाही (हाल कोरिया) रु. ६०००।–
२. श्री डा.रोशन पर्यासी (सृजना पोलिक्लिनिक सुर्खेत) रु.२५००।–
३. श्री योगेश बि.सी. (शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत) रु.२०००।–
४. श्री कर्णाली एग्रीकल्चर सोसाइटीका तर्फ बाट
केशर बहादुर शाही रु.२०००।–
हरि सुवेदी रु.१५००।–
मदन मणि सापकोटा रु.१५००।–
बखत खड्का रु.१०००।–






