कविता : कमरेड त राताे टाईमा

सलल्ल चिप्लने कारहरुकाे भिडमा देख्छु ,
हाम्राे कमरेड बडिगार्ड सहित सानमा देख्छु।
कुचिर्हरु चियाउँछु, मेराे नजर घुर्मैलाे देख्छु,
साथी मेरै हाे उ ,कमरेड राताे टाईमा देख्छु।

वहाँ र कमरेडआफन्तहरु विल्डिङमा देख्छु,
युध्दका अपाङ्ग र पिडित,सडकमा भेट्छु।
जनजीविकाकाे नारा डस्टविनमा हराएछ,
युध्दकाे गुन्द्रुक ढिडाे रेडलेवलमा हराएछ।

विगतका झुत्रेझाम्रेहरु सुकिलामुकिला बडे,
फाले थाेत्रा जुत्ता चप्पल चिल्ला कार जाेडे।
सानाठुला सवै नेता भ्रष्टाचारमा सवार छन्,
मन्त्रीकाे कुरा छाडाैं वडाध्यक्षकै कार छन्।

नजित्नेले चुनाव जित्छन वजेट वढेकाे छ,
डाडुपन्यु आफै भान्से, धेरै नखा भन्ने काे छ।
निउरीमुन्टी न छाै हामी ,नतमस्तक भाछाैं,
गणतन्त्र र संघीयताकाे संवाद चाखिराछाैं

सुन्नुहुन्न,वाेल्नुहुन्न दु:खका कुरा खाेल्नुहुन्न,
भुल्नु भैछ विगतलाई,राताे टाईमा खुल्नुहुन्न।
सिंहदरबार गाउँमा भन्थे,माेज छ जित्नेलाई,
डेलिभरी कहिले सरकार?हामी जनतालाई।
वदलियाे शासन सत्ता,हैसियत नेताजीकाे,
वदलियन कहिल्यै पनि,हैसियत नेपालीकाे।

✍️नारायण प्रसाद काेईराला
चिसापानी-१बैजनाथ,बाँके

कविता : कमरेड त राताे टाईमा

सल्ली–रुकुम चौरजहारी सडक बर्षाले छेदविच्छेद

कविता : कमरेड त राताे टाईमा

जुम्लाको काँचो स्याउ बजारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *