सुर्खेतबाटै लाईसेन्स दिने प्रक्रिया शुरु

सुर्खेत : सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरणका लागि प्रक्रिया शुरु भएको छ ।

यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाईसेन्स वितरण गर्न अनुमति दिएपछि फर्म पनि खुला गरिएको हो । यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनुपर्ने बाध्यता थियो ।

प्रदेश सरकार गठन भएको झण्डै दुइ वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । विभागले आइतबारदेखी नयाँ लाईसेन्सका लागि खुला गरेको फर्ममा यातायात व्यवस्था कार्यालय सुर्खेत उल्लेख गरेको छ ।

सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि एक सयभन्दा बढीले अनलाइनमार्फत फर्म भरेको कार्यालय स्रोतले जानकारी दिएको छ । तर यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले भने सिष्टममा देखाए पनि तयारीमै आफूहरु जुटेको बताए ।

‘विभागले जारी गरेको लाइसेन्स वितरण फर्ममा सुर्खेत देखाएको छ’ चपाईले भने, ‘कार्यालयमा केही व्यवस्थापन गर्ने क्रममा चलिरहेकाले यसबारे थप अहिले नै भन्न मिल्दैन ।’ सोमबार मात्रै नयाँ लाईसेन्स वितरणबारे कार्यालयले जानकारी दिने चपाईको भनाइ छ ।

प्राविधिकतर्फका कर्मचारी नहुँदा समयमै नयाँ लाईसेन्स वितरण गर्न नसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताउँदै आएको थियो । मन्त्रालयले सेवा करारमा प्राविधिकतर्फका कर्मचारी छनौट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरणको काम अघि बढाइएको हो ।

सुर्खेतबाटै लाईसेन्स दिने प्रक्रिया शुरु

2076/10/06

सुर्खेतबाटै लाईसेन्स दिने प्रक्रिया शुरु

सूचना विधेयकमा कांग्रेसको विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds