जाजरकोटका पहिरोपीडित भन्छन् हेलिकोप्टर आउँदा राहतको आश लाग्छ

जाजरकोट, ५ साउन ।

शुक्रबार नै राहत लिएर हेलिकोप्टर बारेकोट आउँदैछ भन्ने सन्देश विस्थापित परिवारसम्म पुगिसकेको थियो । उनीहरु दिनभर हेलिकोप्टरकै प्रतिक्षामा रहे तर खराब मौसमका कारण शुक्रबार आउन नसकेको नेपाली सेनाको हेलिकोप्टर शनिबार आइपुग्यो । उक्त हेलिकोप्टरले रेडक्रसका एक सय थान कम्मल र १५ थान त्रिपाल खसालेर एकजना घाइतेलाई लिएर फर्कियो ।

खाद्यान्न लगायतका खानेकुरा पाउने ठूलो आसमा रहेका विस्थापित परिवार गैरखाद्य सामग्री मात्र आएको सूचना पाएपछि निराश भएका छन् । बारेकोट सिनचौरका मानबहादुर नेपालीले हेलिकोप्टरले खाने कुरा ल्याउँला भनेको त कम्मल र त्रिपाल मात्र पो लिएर आएको बताए । ’घर छोडेको आज नौ दिन भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौं ।

अब के खाने ? राहत आउँला भन्ने आशमा थियौं तर अहिलेसम्म राहत पाइएन उनले गुनासो सुनाउँदै भने, ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्योभन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ ।’ ’बाँच्नका लागि पनि नखाइ भएन तर के खाने ? हेलिकोप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ,‘उनले भने ।’ पहिरो गएयता तीन पटक हेलिकोप्टर आइसकेको छ । तर हेलिकोप्टरले केही थान त्रिपाल, कम्बल र सात बोरा चामल मात्र त्यहाँ पु¥याएको छ । पहिरो प्रभावित बारेकोटमा खाद्य संकट परेको छ ।

बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । गत असार २५ गते बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुईजना पनि अझै फेला पर्न सकेका छैनन् ।

जाजरकोटका पहिरोपीडित भन्छन् हेलिकोप्टर आउँदा राहतको आश लाग्छ

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जाजरकोटका पहिरोपीडित भन्छन् हेलिकोप्टर आउँदा राहतको आश लाग्छ

लिमीमा हिम पहिरोको त्रास

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds