नेकपाले दसैँ भत्ता एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
काठमाडौं, ३ कात्तिक ।
चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद तथा पदाधिकारीलाई वितरण गर्ने दसैँ भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

स्वास्थ्य संकटका कारण जनता चरम समस्यामा परेका बेला सांसद तथा अन्य पदाधिकारीले अतिरिक्त भत्ता लिएपछि त्यसको सर्वत्र विरोध भएपछि सत्तारुढ दलले सो निर्णय गरेको हो। त्यस विषयमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाटै विज्ञप्ती जारी गर्ने तयारी भैरहेको छ।
‘कोरोना नियन्त्रणका लागि स्थापना गरिएको प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने तयारी भएको छ,’ राष्ट्रियसभामा नेकपामा प्रमुख सचेतक खिमलाल भट्टराईले भने, ‘केही बेरमा यसको औपचारिक घोषणा हुने छ।’
नेपालखबरबाट साभार ।




