दक्ष जनशक्तिको अभाव टार्ने प्रदेश सरकारको रणनीति
सुर्खेत, १ असोज ।
कर्णालीमा कर्मचारी अभाव हुने पुरानै समस्या हो । भौगोलिक विकटताका र सुविधाका कारण पनि कर्णालीमा कर्मचारीको रोजाइ कम हुन्छ । अहिले पनि प्रदेश सरकारदेखि र स्थानीय तहसम्मले कर्मचारीको अभाव झेल्दै आएका छन् । जसमा पनि प्राविधिकतर्फका कर्मचारी अभाव अझ धेरै छ ।

यही कर्मचारी अभाव हुने समस्या टार्न कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा चारसय ६६ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेको छ । कुल विद्यार्थीमा मध्ये ७१ जनालाई प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गराएको हो । प्रदेशमा प्राविधिक जनशक्तिको अभाव टार्ट सहयोग मिलोस् भन्ने उद्देश्यले गत आर्थिक वर्षमा ७१ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न सहयोग गरेको हो ।
प्राविधिक शिक्षा अध्ययनमा सहयोग पु¥याउन प्रदेश सरकारले प्रतिविद्यार्थी एकलाख रुपैयाँदेखि एकलाख ५० हजार रुपैयाँसम्म सहयोग दिएको छ । प्राविधिक शिक्षा अध्ययन गर्दा बढ्दो वेरोजगारी समस्यालाई हल गर्न र प्रदेशमा प्राविधिक कर्मचारीको अभाव टार्ने उद्देश्यले विद्यार्थीलाई सहयोग स्वरुप छात्रवृत्ति दिइएको शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् । जसका लागि प्रदेश सरकारले स्वास्थ्य, कृषि, इन्जिनियर लगायतका प्राविधिक विषय अध्ययनमा प्रतिविद्यार्थी एकलाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराएको हो ।
निर्देशनालयका अनुसार सुर्खेतका १० जना, दैलेखका नौ जना, रुकुमपश्चिमका पाँच जना, सल्यानका ६ जना, जुम्लाका १० जना, हुम्लाका १० जना, कालिकोटका १० जना, मुगुका तीन जना र डोल्पाका चारजना विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति दिएको छ । त्यस्तै प्राविधिक शिक्षामा छोरी–बुहारीहरुलाई आत्मनिर्भर बनाउने र प्राविधिक तर्फका कर्मचारीको अभाव टार्ने उद्देश्य सरकारको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत एकसय १० जना छोरी–बुहारीहरुलाई पनि छात्रवृत्ति दिएको छ । छोरी–बुहारी छात्रवृत्ति पाउनेहरुमा सुर्खेतका १० जना, दैलेखका ११ जना, जाजरकोट, हुम्ला, रुकुमपश्चिमका र सल्यानका १०÷१० जना छन् । त्यस्तै कालिकोटका १४ जना, मुगुका ११ जना, जुम्लाका र डोल्पाका १२÷१२ जना छन् । जसमध्ये १७ जनाले कृषि विज्ञान, ११ जनाले बालीविज्ञान, सात जनाले पशु विज्ञान, ३३ जना नर्सिङ्ग, तीन जनाले फार्मेसी, तीन जना मेडिसिन, पाँच जनाले ल्याब टेक्निसियन, १२ जनाले सिभिल इन्जिनियर, तीन जनाले रेडियोग्राफी र १५ जनाले एचए पढिरहेका छन् ।
छात्रवृत्ति कार्यक्रमका लागि गतबर्ष प्रदेश सरकारले एक करोड ३१ लाख, ६२ हजार आठ सय पाँच रूपैयाँ खर्च गरेको थियो । गत बर्ष समान रुपमा सबै बर्ग समुहका छात्राहरु कार्यक्रममा समावेश भएका थिए । तर धनी, गरिब छुट्याउने आधार नभएकाले समान ढङ्गबाट भए पनि आर्थिक विपन्न वर्ग समुदायका छात्राहरुलाई समेट्ने खालको रणनीति अपनाइने निर्देशनालयका निर्देशक हमालले जानकारी दिइन् । गतबर्ष एक जनालाई बढीमा चार सय ६६ जनालाई छात्रवृत्ति एकलाख ५० हजार सहयोग गर्ने भनिएको थियो भने चालु आर्थिक बर्ष एक लाख बजेटप्रति दिइने छ ।
छोरी– बुहारी छात्रवृत्ति कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजना गरेको छ । बाहिरबाट कर्णालीमा कर्मचारी आउन नमान्ने र मुख्यगरी प्राविधिक कर्मचारीको अभाव हुने भएकाले प्रदेश सरकारले प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने रणनीति अपनाएको हो । यसैका लागि अध्ययनमा छात्रवृत्ति दिन थालिएको प्रदेश सरकारले जनाएको छ । यसले यहाँको दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चार सय ६६ जनालाई छात्रवृत्ति
जनशक्ति अभाव टार्न र उच्च शिक्षामा अध्ययनमा सहयोग पु¥याउन कर्णाली प्रदेश सरकारले विभिन्न शीर्षकमा चार सय ६६ जनालाई छात्रवृत्ति दिएको छ । जसमध्ये एक सय एक जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति दिएको छ ।
गत आर्थिक वर्षमा एक सय एक जना विद्यार्थीलाई प्रतिव्यक्ति २४ हजारका दरले जेहेनदार छात्रवृत्ति दिएको हो । निर्देशनालयका अनुसार डोल्पाका ११ जना र अन्य नौ जिल्लाका दश÷दश जना छन् । त्यस्तै ७२ जना विद्यार्थीलाई प्रतिव्यक्ति २४ हजारका दरले दलित छात्रवृत्ति रकम दिएको छ । दलित छात्रवृत्ति पाउनेहरुमध्ये सुर्खेत, कालिकोट, दैलेख र मुगुका दश÷जना छन् । त्यस्तै जाजरकोटका ६ जना, रुकुमपश्चिमा पाँच जना, सल्यानका नौँ जना, जुम्लाका चार जना, हुम्लाका सात जनालाई पनि प्रदेश सरकारले दलित छात्रवृत्ति दिएको छ ।
त्यस्तै प्रतिव्यक्ति २४ हजारका दरले ८८ जना अपाङ्ग विद्यार्थीलाई अपाङ्ग छात्रवृत्ति रकम दिएको छ । जसमध्ये सुर्खेतका मात्रै ३३ जना छन् । त्यस्तै जाजरकोटका ६ जना, कालिकोटका ८ जना, जुम्लाका नौ जना, सल्यानका सात जना, दैलेखका १३ जना, हुम्लाका चार जना, रुकुमपश्चिमका दुई जना, डोल्पा र मुगुका एक÷एक जना छन् । त्यस्तै कर्णाली प्रदेशका विद्यालयमा अध्ययनरत र प्रदेशभन्दा बाहिरका २२ जना विद्यार्थीलाई पनि केन्द्र सरकारबाट छात्रवृत्ति रकम दिइएको छ ।
त्यस्तै प्रदेशका एक सय १० जना विद्यार्थीलाई छोरी–बुहारी छात्रवृत्ति दिएको छ । जसमध्ये सुर्खेतका दश जना, दैलेखका ११ जना, जाजरकोटका, हुम्ला, रुकुमपश्चिमका र सल्यानका दश÷दश जना छन् । त्यस्तै कालिकोटका १४ जना, मुगुका ११ जना, जुम्लाका र डोल्पाका १२÷१२ जना छन् । प्राविधिक शिक्षा अध्ययनका लागि ७१ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ति दिएको छ ।
जसमध्ये सुर्खेतका दश जना, दैलेखका नौ जना, दैलेखका चार जना, रुकुमपश्चिमका पाँच जना, सल्यानका ६ जना, जुम्लाका दश जना, हुम्लाका दश जना, कालिकोटका दश जना, मुगुका तीन जना र डोल्पाका चार जना छन् । उनीहरुलाई प्रतिविद्यार्थी एक लाख रुपैयाँदेखि एकलाख ५० हजार रुपैयाँ दिएको हो । त्यस्तै कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सहादत प्राप्ति गर्ने शहिद टिकाराम गौतमका आफन्तहरु उत्तम गौतम र अमृत गौतमलाई पनि २४÷२४ हजार रुपैयाँ दिइएको छ ।




