सुत्केरी महिलाको प्रोत्साहन भत्ता ‘गायव’

जुम्ला : जुम्लाको कानका सुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ‌। नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शुन्यमा झार्नका लागी स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्ता एक वर्षदेखि नपाएको गुनासो गरेका हुन ।

सुत्केरी महिलालाई पोषणयुक्त खाना र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गई चारपटक स्वास्थ्य जाँज गराएबापत दिनुपर्ने आठ सय रुपैयाँ र सुत्केरी भए वापत पाउनुपर्ने तीन हजार गरी जम्मा तीन हजार आठ सय रुपैयाँ रकम कनका सुन्दरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाले गत बर्षदेखि नै नदिएको हो ।

सुत्केरी भएको एक बर्षदिन बितिसक्दा पनि सुत्केरी प्रोत्साहन भता नपाएको र स्वास्थ्य संस्थामा माग्न जादा गाउँपालिकाबाट बजेट नआएको जवाफ दिइने गरिएको छ । कुनैपनि महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनासाथ यो रकम पाउनुपर्ने प्रावधान छ । सुत्केरी भत्ता नपाएपछि मालिका बोताका महिलाहरुले संघीयतामाथि नै प्रश्न गर्न थालेका छन् ‌।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मालिका बोताकी सुनमाया रावतले भनिन्न्, ‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनेको यही होला, सुत्केरी भएकै बेला पाउनुपर्ने रकम गाउँपालिकाले दिएन, पहिले त तत्कालै दिइन्थ्यो ।’ सुनमायाले मात्र नभई गाउँपालिकाभित्र पर्ने हाड्सिन्जा, मालिका बोता र कोटघरमा रहेको ‘बर्थिङ सेन्टर’मा सुत्केरी भएका धेरै महिलाले सुत्केरी प्रोत्साहन भत्ता पाएका छैनन् । हाड्सिन्जा ‘बर्थिङ सेन्टर’मा गर्त बर्ष सुत्केरी भएका १४ जना र यस बर्षका २४ गरी ३८ जना महिलाले प्रोत्साहन भत्ता पाएका छैनन् ।

सुत्केरी महिलाको  प्रोत्साहन भत्ता ‘गायव’

तापक्रम निरन्तर बढ्दो

सुत्केरी महिलाको  प्रोत्साहन भत्ता ‘गायव’

राम्रा कामलाई निरन्तरता दिनुपर्छ : प्रदेश प्रमुख

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds