नेकपाका ६२ कार्यकर्ता कांग्रेसमा प्रवेश
दुर्गा वीसी ।
सल्यान, ३० भदौ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ३ का ६२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमवार भएको एक कार्यक्रममा उनीहरु नेकपा त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका हुन् । वडा ३ र २ को तरुण दल गठनसँगै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । बामेको हिलेपोखरिमा भएको कार्यक्रम केन्द्रीय नेता देखि जिल्ला स्तरका नेता र स्थानीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रम वडा २ मा चञ्चल शर्मा र वडा ३ मा इन्द्रबहादुर पुनको अध्यक्षतामा तरुण दल गठन गरिएको छ।

विप्लवका नगर सेक्रेटरी शंकर वुढाथोकी सहित अधिकांश युवाहरु कांग्रेसको पार्टी सदस्यता लिएका छन्। नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, धुर्वराज पुरी एकराज डाँगी, नेत्र वलि, केशवहादुर विष्ट, सुरेश अधिकारी, शिक्षक संघका जिल्ला अध्यक्ष एकराज वुढाथोकी, जिल्ला कार्य समिति सदस्य उषा राना, दिपेन्द्र विष्ट, दुर्गा खड्का र वडा नं ६ का वडा अध्यक्ष पुरुषोतम आचार्य लगायतका नेताहरुले नव प्रवेशी युवा पीढीलाइ नेपाली कांग्रेसको झण्डामुणि स्वागत गरेका थिए ।
अब आउदो चुनावमा नेपाली कांग्रेसको जित सुनिश्चित भएको संकेत समेत गरेका थिए । नेकपा सत्ताको ज्यादती,रोजगारी,उपभोक्ता जस्ता कुरामा नातावाद कृपावाद हावी भएको अधिकांश युवाहरुको भनाइ थियोे । आफ्नो मान्छे समितिमा राख्ने र योजना समिति मार्फत लुटको खेती भैरहेको समेत नेताहरुले आरोप लगाएका थिए । नेकपाको राजनीति गतिविधि यो नगरमा शुन्य भएकोले राजनीतिक फाइदा यतिखेर नेपाली कांग्रेसले लिएरहेको छ ।
नेकपाका स्थानीय नेता तथा जनप्रतिनिधिहरु राज्यको सेवा सुविधामा डुवेको नेपाली कांग्रेसका नेताहरूको भनाइ रहेको छ । नेकपा जिल्ला अध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुन र जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकिको वडा नेकपाको गढ क्षेत्र मानिएको थियो ।तर नेपाली कांग्रेसले भने उक्त गढ भत्किने जनाएको छ । नेकपा बनगाडले भने नेपाली कांग्रेसले प्रचार गरे जस्तो नभएको जनाएको छ । ६२ जनाले प्रवेश नगरेको दावि गरेको छ । कार्यक्रम हेर्न गएकालाइ टीका लगाएको नेकपाको टिप्पणी छ ।





