वन डिभिजनका तीन योजनामा लाखौँ रकम घोटाला

रामचन्द्र न्यौपाने
डोल्पा, २९ साउन ।
डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं. ६ मा सञ्चालित तीन वटा विकास योजना बिरुद्ध छानविनको माग गरिएको छ । उक्त विकास योजनाहरुमा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय सचेत युवाहरुले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकम सहित उल्लेख गरेर उजुरी दर्ता गर्दै सत्यतथ्य छानविनको माग गरेकाहुन् ।

उपभोक्ता समितिमा सोझासाझा सर्वसाधारणलाई राखेर उनीहरुको सोझोपनको फाइदा उठाउँदै तीन वटा विकास योजनामा जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र वडाका जनप्रतिनिधि मिलेर योजनाको लाखौँ रकम दुरुपयोग गर्ने गरेको शुसासनकालागि युवा अभियानका अभियान्ता सुमन बुढाले बताए ।

उक्त योजनाहरुको बृहत छानविनका लागि स्थानीय युवाहरु मिलेरे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए । तामाचौर हुँदै सुनदहसम्मको पर्यटन पदमार्गको कुल बजेट २० लाखमा कार्यालयबाट सबै रकम भुक्तानि भइसकेको भए पनि गाउँलेलाई एक रुपैया पनि नबाँडेको पाइएको बुढाले बताए ।

“त्यसैगरी जैरीताल संरक्षणको कुल बजेट २० लाखमा ४ लाख ८८ हजारमात्र रकम गाउँलेलाई बितरण गरिएको छ्,बाँकी १४ लाख १२ हजारको कुनै हिसाब किताब छैन्” उनले भने । “अर्को राधेबल पहिरो नियन्त्रणको २० लाख रकममा ८ लाख ३५ हजारमात्र जनलाई बाँडियो,बाँकी रकमको कुनै हर हिसाब देखाइएको छैन्,तीन वटै योजनामा ठुलो रकम घोटाला गरिएको पाएका छौँ,त्यहि भएर छानविनको माग गर्दै प्रशासनमा निवेदन दिएका हौँ ।”

ती नवटै योजना जिल्ला वन डिभिजन कार्यालयबाट सञ्चालित योजना हुन् । “यी विकास योजना प्रतिनिधिमात्र हुन्, वडामा अन्य दर्जनौ विकास योजनामा खुलेआम भ्रष्टाचार भएको छ, ति कुराहरु पनि बिस्तारै बाहिर ल्याउँछौँ” बुढाले भने । जैरीताल संरक्षण समितिका अध्यक्ष नदे बुढाले धेरै थोरै रकम जिल्लाका बिभिन्न कार्यालयलाई दिएको स्विकार गरे ।

योजनाका रकमका बिषयमा आफुलाई त्यति जानकारी नभएकाले सम्पुर्ण जानकारी दिन सचिवलाई भर्खरै सम्पर्क गराउँछु भनेको केही समयमै उनको फोन स्विच अफ भयो । यता प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले निवेदनमा उल्लेख भए अनुसारका तीनवटै योजनाको छानविन प्रक्रिया सुरुभई कागजपत्र झिकाउने काम भइरहेको जानकारी दिए ।

“सत्यतथ्य छानविनका लागि, योजनाहरुको स्थलगत पनि गर्छौ, दोषी देखिए कारवाहीको लागि सिफारिस पनि गर्छौ” प्रजिअ सुनारले भने । तीन वटै उपभोक्ता समिति र डिभिजन वन कार्यालयलाई लिखित पत्र काटेरै योजनाका बिषयमा जानकारी लिने समेत उनले बताए ।

वन डिभिजनका तीन योजनामा लाखौँ रकम घोटाला

YUGAAWHAN NATIONAL DAILY (2077-04-29)

वन डिभिजनका तीन योजनामा लाखौँ रकम घोटाला

मानव अधिकार कार्ययोजना समिक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds