कर्णालीका ११ जना अभियुक्त पक्राउ
सुर्खेत, २६ साउन ।
कर्णाली प्रदेशमा ११ जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतका चार जना, मुगुका तीन जना, सल्यान र कालिकोट दुई÷दुई जना छन् । लामो समयदेखि फरार उनीहरुलाई सम्बन्धीत जिल्ला प्रहरीबाट खटिएको टोलीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।
सल्यान प्रहरीले कर्तव्य ज्यान मुद्दा र चोरी मुद्दाका एक/एक जना पक्राउ परेका छ । त्यस्तै मुगु प्रहरीले लुटपिट मुद्दा, वन मुद्द र चोरी मुद्दाका एक÷एक जना पक्राउ परेका हो । कालिकोट प्रहरीले सट्टा परीक्षा मुद्दा, सार्वजनिक अवराध मुद्दा र सुर्खेत प्रहरीले चोरी मुद्दा, सम्बन्ध बिच्छेद मुद्दाका एक÷एक जना र जुवा मुद्दाका दुई जनालाई पक्राउ परेको छ । पक्राउ परेका सबैलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ ।




