करणीको जाहेरी परेपछि लेखापाल फरार

सुर्खेत, २३ असोज ।
जवरजस्ती करणीको आरोप लागेपछि एक लेखापाल फरार भएका छन् । वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई जवरजस्ती करणीको मुद्धा प्रहरीमा दर्ता भएपछि फरार भएका हुन । वीरेन्द्रनगर नगरपालिका कार्यालयमा कार्यरत लेखापाल माथी जबरजस्ती करणीको आरोप लागेको छ ।

नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले एक महिलालाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । शर्माले महिलालाई होटलमा लगेर मादक पदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ ।  यता जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलाई प्रकाउ गर्न आदेशसमेत दिईसकेको छ । तर प्रहरीले भने शर्मालाई अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन ।

घटनापछि शर्मा फरार रहेको प्रहरीको भनाई छ । सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले घटनाबारे अनुसन्धान भईरहेको भन्दै फरार शर्माको खोजी कार्य जारी रहेको बताए । उजुरीका आधारमा शर्माको खोजि भईरहेको भन्दै अनुसन्धान भईरहेकोले थप जानकारी दिन नसकिने उनको भनाइ छ ।

उनीमाथि महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गत असोज ६ गते वीरेन्द्ररनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया