हुम्लाका बालबालिकालाई खर्कमै पुगेर स्वास्थ्यकर्मीले दिए खोप

सिमकोट, २३ भदौ ।

हुम्लाका स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर स्वास्थ्यकर्मीले बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेका छन्। सरकारी नीति अनुसार खोप कार्यक्रम फिल्डमै गएर गर्नुपर्ने भएपछि हुम्लाका स्वास्थ्यकर्मीहरूले खर्कमै पुगेर बालबालिकालाइ खोप लगाएका हुन।

चौध महिने छोरालाइ खोप लगाउन पाएपछि सिमकोट गाउँपालिका वडा नम्बर १ की जुम्कित लामा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘काखे नानी बोकेर डेढ दिन पैदल हिड्नु, जंगलको बाटो र त्यो पनि यो गर्मीमा गाउँको स्वास्थ्य सेवा केन्द्रमा पुग्न सहज थिएन। तर यही आएर डाक्टर साबले खोप दिनुभयो। खुसी लागेको छ।’

छोरीसँग पालभित्र बसेकी उनको जस्तै यहाँका अधिकांश महिलाहरू यही समस्या भोग्दै आएका छन्। यता, स्वास्थ्यकर्मी रत्न बोहराले छुटेका बालबालिकालाई खोप लगाउनकै आफूहरू डेढ दिन पैदल हिडेर खर्कमा पुगेका बताए। उनले भने, जागिर खाएपछि नजिक टाढा नभनि काम गर्नै पर्यो। फेरि बालबालिकाको स्वास्थ्यको सवाल पनि छ।’

हुम्लाका बालबालिकालाई खर्कमै पुगेर स्वास्थ्यकर्मीले दिए खोप

सम्पादकीयः किसानलाई प्रोत्साहन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds