कर्णालीमा २५ जना कोरोना संक्रमित थपिए

सुर्खेत, १८ असार ।

कर्णालीमा बुधबार २५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सल्यानका १५ जना, सुर्खेतका सातजना, दैलेखका दुइ जना र जुम्लाका एक जना छन् । कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालका अनुसार वनगाड कुपिन्डे नगरपालिका वडा नं. १ र ४ मा एक÷एक जना, वडा नं.२ र ३ मा पाँच÷पाँच जना, वडा नं. ७ मा तीन जना र वडा नम्बर उल्लेख नगरेका एक जना गरी १५ जना छन् ।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ३, वीरेन्द्रनगर नगरपालिका वडा नं. २, लेखबेशी नगरपालिका वडा नं. ९ मा एक÷एक जना र चौकुने गाउँपालिका वडा नं. २ र १० का दुइ÷दुइ छन् ।

यो सँगै कर्णाली प्रदेशमा कोरोेना सङ्क्रमितको कुल सङ्ख्या एक हजार चार सय ६८ पुगेको छ ।

कर्णालीमा २५ जना कोरोना संक्रमित थपिए

दैलेखमा बाढीको बितण्ड

खेलाडीलाई राहत वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *