एक लाख पर्यटक भित्र¥याउँछौं : मन्त्री बुढा

सुर्खेत : कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख पर्यटकर्ला कर्णालीमा भित्र्याउने जनाएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षमा कर्णालीमा एक लाख पर्यटक भित्र¥याउँने बताए ।

कर्णाली प्रदेशका सयौँ पर्यटकीय गन्तव्यहरू रहेको भन्दै एक लाख बढी पर्यट सहजै आउने बताए । पर्यटकका लागि पूर्वाधार, होटेल र होमस्टेहरुको सञ्चालन प्रचारप्रसारमा सरकार केन्द्रीत रहेको मन्त्री बुढाको भनाई छ । प्रर्यटन बोर्डको पहिलो पठकमा मन्त्री बुढाले कर्णालीका सबै जिल्लामा पर्यटकमैत्री वातारण बनाउन बताए ।
यसैबीच मन्त्री नन्दसिंह वुढाको अध्यक्षतामा कर्णाली प्रर्यटन बोर्ड गठन गरिएको छ । बोर्डको सदस्यहरुमा डोल्पाका बबी किशोर गुरुङ्ग, जुम्लाका ललितजङ्ग महत, मुगुका अदान सिंह कार्की, जाजरकोटका वेदवहादुर शाही, कालिकोटका मर्मजङ्ग बम, दैलेखका विष्णुप्रसाद शर्मा, रुकुमपश्चिमका पहलसिंह घर्तीमगर, हुम्लाका लोकवहादुर हमाल र लैकु लामा, सुर्खेतका चिन्तामणी शर्मा र सल्यानका इश्वरी बुढाथोकी रहेका छन् । बोर्डको पदेन सदस्यमा मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार