गाउँपालिकाले थाल्यो पुल निर्माण

जुम्ला, १७ कार्तिक ।

जुम्लाको सिंजा गाउँपालिकाले पक्की पुल निर्माणको कार्य थालनी गरेको छ । गाउँपालिकाले वडा–१ को हिमा नदीमाथि पक्की पुल निर्माण गर्न थालेका हो । गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार पालिकाको मुकाम नराकोटदेखि कर्णाली राजमार्गको नाम्म(गमगढी सडक खण्डसँग जोड्नका लागि पक्की पुल निर्माण गर्न थालिएको हो ।

पक्कीको कुल लागत पाँच करोड रुपैयाँ रहेको छ । तीन वर्षको अन्तरालमा क्रमागत योजनामा पुल निर्माण कार्य सम्पन्न गर्ने तयारी गरिएको उनको भनाइ छ । उनले भने, ‘कर्णाली प्रदेश योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको ८० लाख र गाउँपालिकाको ८० लाख गरी एक करोड ६० लाख रुपैयाँ बजेटमा पहिलो चरणको निर्माण कार्य थालनी गरिएको हो ।’

दोस्रो चरणको निर्माण कार्यका लागि पनि कर्णाली प्रदेश सरकारको ६५ लाख र गाउँपालिका ६५ लाख गरी एक करोड ३० लाख रुपैयाँ बजेट जुटेको छ । अपुग बजेट संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा तीन वर्षभित्र पक्की पुल निर्माण गर्ने योजना अघि बढाएको अध्यक्ष रावलले बताए ।

गाउँपालिकाले थाल्यो पुल निर्माण

हुम्लाका २८ विद्यालय सञ्चालनमा आउने

सम्पादकीयः राउटेमा परनिर्भरता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds