जुवा हारेपछि बालक बेपत्ता

दैलेख, १६ कात्तिक ।

दैलेखमा जुवा हारेपछि एक बालक वेपत्ता भएका छन् । नारायण नगरपालिका–८ किमुगाउँमा अभिभावकसँग बस्दै आएका १६ बर्षिय गोविन्द विक वेपत्ता भएका हुन् ।

दैलेख बजारको एउटा घर निर्माणको काममा मजदुरी गर्दै आएका गोविन्द र उनका दाजुहरुले दशैंको महाअष्टमीको दिन दिउँसै काम रोके । मजदुरी गरेको ज्याला पाए । गोविन्दका दाजु बखत रकम बुझेको दिन काम विशेषले घर जान पाएनन् । खरिगैरा जानु परेको कारण गोविन्दको हातमा मासु किन्ने तीन हजार थमाए ।

गोविन्दले त्यो रकम घर पु¥याएनन् । उनले घर नपुग्दै साँझ दौतरीसँग जुवा खेल्दा हारे । जुवामा तीन हजार रुपैयाँ हारेका गोविन्द राति ११ बजेतिर घर पुगे । कात्तिक ९ गते विहानै घरबाट भागेर सुर्खेत पुगेका उनी अहिले त्यहाँबाट पनि बेपत्ता भएका छन् । दशैंको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसेको परिवारले बताएका छन् । १० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए ।

दौतरीको लहलहैमा लागेर जुवा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो, माफ गर्नुहोला । म सधैंको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बोधन गरेर लेखेको चिठ्ठी भने फेला परेको थियो । छोरा बेपत्ता भएपछि उनकी ६२ वर्षीया आमा रातादिन रोइरहेकी छिन् । उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमासहित पाँच जनाको परिवार छ ।

सम्पादकीयः वन्यजन्तुको संरक्षण

जुवा हारेपछि बालक बेपत्ता

विवाह पछि माया बस्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds