सुर्खेतमा एक महिलामा मृत्युपछि कोरोना पोजेटिभ

सुर्खेत, १५ असोज ।

सुर्खेतमा एक जना महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको छ । घरमै मृत्यु भएकी वीरेन्द्रनगर–११ पीपीराकी ३५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनको मंगलबार मृत्यु भएको थियो ।

घरमै मृत्यु भएपछि उनलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको थियो । पोष्टमार्टम अघि स्वाब संकलन गरी पिसिआर गर्दा बुधबार उनको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार बुधबार कोरोना पोजेटिभ रिपोर्ट आएको बताए। कोठा भाडामा बस्दै आएकी उनी ढोका बन्द गरेको अवस्थामा भित्र मृत भेटिएकी थिइन्।

जिल्ला प्रशासन कार्यालय सुर्खेतसँगको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरेको छ। योसँगै कर्णाली प्रदेशका ७ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ।

सुर्खेतमा एक महिलामा मृत्युपछि कोरोना पोजेटिभ

कन्स्ट्रक्सनको डोजर स्थानीयको कब्जामा

सुर्खेतमा एक महिलामा मृत्युपछि कोरोना पोजेटिभ

सरकारी सेवामा सास्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *