काँक्रेविहारमा वृक्षारोपण
सुर्खेत, १७ साउन ।
काँक्रेविहार संरक्षण समुहले कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहार क्षेत्रमा विभिन्न जातका बृक्षारोपण गरेको छ । संरक्षण समुहको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर वडा नं. ९ का वडा अध्यक्ष शुरेश मान्नधरले स्थानीय रानीको विरुवा भन्ने ठाँको खाली जमिनमा विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गर्नु भएको हो ।
कार्यक्रममा काँक्रेविहार संरक्षण समितिका पदाधिकारीहरु चन्द्रा श्रेष्ठ, ज्ञानु पन्त, तारा रास्कोटी र मन्जु पन्त लगायतको सहभागिता रहेको थियो । यो टोलीलाई सहयोग गर्न लाटिकोईलीका युवाहरु लगायत कालिमाटी चौधरी समुदायको पनि उपस्थित रहेको थियो । काँक्रेविहार क्षेत्रमा आज विभिन्न जातका पाँच सय भन्दा धेरै विरुवाहरु रोपिएको जनाईएको छ । कार्यक्रममा वडा अध्यक्ष मान्नधरले सुर्खेतमा क्रियाशिल अन्य संघ÷संस्थालाई पनि काँक्रेविहारमा बृक्षारोपन गर्न आग्रह गर्नुभयो ।






