जाजरकोटमा एमाले उम्मेदवार चढेको गाडीमा ढुंगा प्रहार
जाजरकोट, नलगाड नगरपालिका–१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन् । नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीले जानकारी दिएका छन् । नलगाड नगरपालिकाको १ नम्बर सो वडा ७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो । उक्त गाडी […]




