मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । सोमवार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० […]

क्षयरोगबाट राउटे युवकको मृत्यु

क्षयरोगबाट एक जना राउटे युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको क्षयरोगबाट मृत्यु भएको हो । मृतक शाहीलाई गत भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा वुधवार राती ९ बजे सुर्खेतको कल्यानकाँधमा उनको मृत्यु […]

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ […]

पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको […]

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला […]

झाडाबान्ताका कारण एकजनाको मृत्यु

जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको […]

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु: सातजना बिरामी

नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग […]

जुम्लामा करेन्ट लागेर एकको मृत्यु

जुम्लामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी–२ मालिकाबोता चुनीलेख बस्ने बर्ष ८४ का गोरे रावत हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार शनिबार बिहान ५ वजे ट्वाईलेट जाने क्रममा ट्वाईलेट नजिकै रहेको राष्ट्रिय प्रशारण लाईनको बिधुत् पोललाई छुने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको […]

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् । सोही वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् । […]

सुतेकै ठाउँमा सर्पले टोक्दा दुई बालिकाको मृत्यु, एक वृद्धा घाइते

कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ । शुक्रवार राती सर्पको डसाइबाट ६ बर्षीया काजल घर्तिमगर र चार बर्षीया लीला घर्तिमगरको निधन भएको छ भने अन्दाजी ६७ बर्षीय रिजु घर्तिमगरको […]

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको बिहिबार बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम […]

भीरबाट लडेर मृत्यु

जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा बिहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का […]

जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु

जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार बस, १६ […]

This will close in 0 seconds