२०८३ असार ४ गते
×

Now Playing

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु


सुर्खेतको वीरेन्द्रनगरमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् ।

सोही वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् । प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ ।

उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएको पाइएको छ । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

संसदीय समितिमा प्रस्तावित १७ राजदूतविरुद्ध नौवटा उजुरी

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

राजमार्गमा चेक पोस्ट प्रहरीलाई कमाउने बहाना