कर्णालीमा छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य

कर्णाली प्रदेश प्रमुख तिलक परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन् । ५९औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा बिहीबार शुभकामना दिंदै प्रदेश प्रमुख परियारले जातीय विभेद मानवीय सभ्यताविरुद्धको अपराध भएको बताएका हुन् । प्रदेश प्रमुख परियारले सरकार र सरोकारवाला सबैलाई समाजमा विद्यमान सबै प्रकारका विभेदविरुद्ध दृढतापूर्वक क्रियाशील रहन […]