ठाकुरबाबामा जंगली हात्तीको आक्रमण : महिलाको घटनास्थलमै मृत्यु

१२, असोज २०८२
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा शनिबार राति जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय सीता खत्री रहेका छन्। राति करिब ११ बजे खेतमा धान हेरेर घर फर्कँदै गर्दा जंगली हात्तीले आक्रमण गरेपछि घटनास्थलमै उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिनुभयो।

मृतकको शव पोस्टमार्टमका लागि पठाइएको र आजै आफन्तलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो। मृतक खत्रीका श्रीमान् चित्र बहादुर खत्री हात्तीसारस्थित बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी हुन्। उनीहरूका तीन छोरी र एक छोरा छन्।

धान पाक्ने सिजनसँगै जंगली हात्ती किसानको खेतमा पस्ने गरेकोले प्रत्येक वर्ष यस्ता घटनामा सर्वसाधारणको ज्यान जाने क्रम दोहोरिने गरेको छ। यसअघि पनि गत माघ ३० गते ठाकुरबाबा–२ बलातीमा ७१ वर्षीय बोलीराम थारूको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो।

स्थानीयवासीले हात्ती नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

 

ठाकुरबाबामा जंगली हात्तीको आक्रमण : महिलाको घटनास्थलमै मृत्यु

घुयँत्राे:”गृह मन्त्रालयको नयाँ ट्रेन्ड : अपराधीलाई मल्हम,

ठाकुरबाबामा जंगली हात्तीको आक्रमण : महिलाको घटनास्थलमै मृत्यु

हरियो घाँस काटेर दसैं खर्च जुटाउदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds