जुम्लामा अझै १९ कैदीबन्दी फरार

गाेल्डेन बुढा
जुम्ला ,३१ भदौ।
गतभदौ २४ गते राति जुम्ला कारागारदेखि भागेका १७ कैदी प्रहरीको नियन्त्रणमा आएका छन्।उक्त राति ३६ जना कैदी भागेका थिए। प्रहरीले राति तत्कालै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको सकेको थियोे। जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार अझै १९ जना फरार छन्।रेग्मीले भने अन्य फरार कैदीहरूलाई निरन्तर खोजी कार्य गरिरहेको छ।२५ गते पक्राउ परेका हिक्मत गिरी,भिमप्रसाद कठायत,डिल्ली कार्की यस्तै २६ गते नियन्त्रणमा लिइएका हुकुम शाही,प्रेमराजा महत,दिनेश लवाड,२७ गते पक्राउ पर्नेहरूमा डम्बर नेपाली,भक्तराज शाही,सन्तोष सार्की,सुरेन्द्र महत,२८ गते नियन्त्रण आउने पुर्णप्रसाद भण्डारी,दिपेन्द्र सुनार,रमेश नेपाली हुन्।भने २९ गते पक्राउ हुने लालबिर योगी र साेमबार अर्थात ३० गते कमल शाही, प्रकाश शाही र इश्वरी बम पक्राउ परेकाे जुम्ला प्रहरीले जनाएको छ।

कारागारमा एक नाबालकसहित ९८ जना कैदीबन्दी थिए। जसमध्ये पाँच जना महिला कैदीबन्दी छन्। भागेका उनीहरुले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका थिए ।’ डिएसपी रबिन बाबुले भने,नभेटिएका कैदीबन्दीका आफन्तहरुको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ।’अहिले प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने चेतावनी दिइरहेको छ।यता जिल्ला प्रशासन कार्यालय जुम्लाले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । अहिले जिल्ला कारागार सुरक्षा व्यवस्था कडा पारिएको छ ।






