नौबस्ता बाल सुधारगृह र कारागारबाट भागेका २२७ मध्ये ८ पक्राउ बाँकिको खोजिकार्य जारी

बाँके ,२७ भदौ।
बाँकेको बैजनाथ गाउँपालिका–८ नौबस्ता स्थित बाल सुधारगृह र क्षेत्रीय कारागारबाट मंगलबार राति भागेका २२७ जना बालबन्दी र कैदीबन्दीमध्ये आठ जना पक्राउ परेका छन् भने २२३ जनाको खोजी कार्य जारी रहेको छ।

भाग्ने क्रममा सुरक्षाकर्मी र कैदीबीच भएको भिडन्तमा पाँच बालबन्दीको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार सुधारगृहमा रहेका १७२ मध्ये ८० जना बालबन्दी भागेका थिए। तीमध्ये चार जना पक्राउ परेका छन् भने थप चार जना स्वेच्छाले फर्किने सम्पर्कमा आएका छन्। हाल ७३ जना अझै फरार रहेका छन्।

यस्तै, नौबस्ता क्षेत्रीय कारागारका ५८५ कैदीमध्ये १४७ जना भागेका थिए। सो कारागारका प्रमुख जालन्धर भुषालका अनुसार तीमध्ये चार जना नेपाल–भारत जमुनाहा नाकामा भारतीय सुरक्षाकर्मीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छन्। बाँकी १४३ कैदीको खोजी जारी छ।

मंगलबार राति कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपपछि कारागार र सुधारगृह दुबैको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाले सुरक्षा सम्हालेपछि अवस्था सामान्य भएको बताइएको छ।

भिडन्तका क्रममा ज्यान गुमाउने बालबन्दीहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।

जेनजी आन्दोलनका क्रममा देशभरकै कारागार र सुधारगृहमा अशान्ति फैलिएको पृष्ठभूमिमा नौबस्ता घटनाले थप चासो उत्पन्न गराएको छ।

 

 

नौबस्ता बाल सुधारगृह र कारागारबाट भागेका २२७ मध्ये ८ पक्राउ बाँकिको खोजिकार्य जारी

पतिले अर्की ल्याएपछि पनि हार मानिनन्: चटपटे

नौबस्ता बाल सुधारगृह र कारागारबाट भागेका २२७ मध्ये ८ पक्राउ बाँकिको खोजिकार्य जारी

जुम्लामा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds