डिकेशनाथ योगीकाे मृत्यु :मृत्यु प्रकरण ७ सदस्यीय छानबिन समिति गठन
गाेल्डेन बुढा
जुम्ला,३१ साउन।
गतजेठ महिनाको २५ गते जुम्लाको हिमा गाउँपालिका -३ जाेगिबाडा गाउँका डिकेशनाथ योगीलाई एक्कासी पेट दुख्यो। लगत्तै १७ वर्षीय छाेरा डिकेशनाथलाई बुबा जगतनाथ याेगीले २६ गते जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार लागि पुर्याए।डाक्टरकाे सल्लाहअनुसार एपेन्डीसाइटिसको अप्रेशन गर्नुपर्नेभयो।तत्कालै विहान १० वजे पेटकाे एपेन्डिसाइटिसकाे अप्रेशन पनि गरे।फेरि सल्यक्रिया सफल भएन भनेपछि डाक्टरले पुनः २६ गते राति एपेन्डिसाइटिस आन्द्राको सल्यक्रिया गरियो।जगतनाथलाई एपेन्डिसाइटिस मात्र सल्यक्रिया भयो?भन्ने भयो। अस्पतालमा के-को अप्रेशन भयो? केही थाहा भएन शल्यक्रिया के को भएको हो? फोटो, भिडियो, एपेन्डिसाइटिसकाे शल्यक्रिया भएको यथार्थ रिपोर्ट केही पनि भन्नु भएन, देखाएनन्। अप्रेशन गरिसकेपछि विमारीको अवस्था नाजुक बन्दै गयो।उनका अनुसार जेठ २७ गते डाक्टरले यता सन्चो हुदैन काठमाडौं वा नेपालगन्ज लिन भने।जेनतेन रुपैयाँ ऋण गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याए।
चेकजाँच गराउदाँ त्यहाँको मेडिकल रिर्पोटअनुसार बिरामी डिकेशको पेटमा आन्द्रा नभएको देखियो।कोहलपुर मेडिकलका डक्टरले अव,विमारीको अवस्था सन्चो नहुने भनेपछि घर लैजानु खर्च नगर्नु भने।पुनःगत असार १२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई भर्ना गरे। गत असार २२ गते प्रशासनमा बैठक बस्यौं। प्रशासन कार्यालयमा मौखिक लिखित ज्ञापन पत्र निवेदन बुझाइएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको निशुल्क औषधी गर्ने भने पछि गरिवको कोटामा अस्पतालको बेड नम्बर १० मा भर्ना गरिएको थियोे।जेनतेन उपचार भइरहेको थियोे। तर, शनिबार अर्थात साउन ३१ गते बिहान ७ बजेर १० मिनेटमा डिकेशनाथ योगीको उपचारको क्रममा मृत्यु भयो।मृतकका आफन्तहरूले अस्पताल प्रशासनप्रति लापरबाही गरेकोमा भन्दैअसन्तुष्टि जनाउँदै शव बुझ्न इन्कार गरे। उपचारमा लापरबाही भएकाे आफन्तले आराेप लगाए। अस्पताल बाहिर नाराबाजी लगाए।मान्छे मार्न पाइदैन्।समेत भन्न भ्याए,यता अर्थात साउन ३१ गते शनिबार दिउँसो जिल्ला प्रशासन सराेकारवाला र मृतकका आफन्त बिच बसेकाे बैठकले योगीको मृत्यु प्रकरण छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरेकाे छ।उक्त समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन्। सदस्यहरूमा मृतकका ठुलो बुबा बद्रिनाथ योगी, नेकपा माओवादी केन्द्रका नेता विष्णुबहादुर महत सदस्य सचिव प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावल लगायतका ७ सदस्य छन् ।समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन-छानबिन गरी प्रतिवेदन पेश गर्नेछ। प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।
पीडितले क्षतिपूर्ति पाउनुअघि शव नउठाउने अडान दोहोर्याएका छन्।यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्ति मार्फत स्पष्टीकरण दिएको छ। सरोकारवालाहरूलाई यथार्थ नबुझी, अर्धसत्य जानकारीका आधारमा कुनै प्रकारको भ्रामक प्रचार नगर्न अपिल गरेको छ।यथार्थमा नबुझि भ्रामक प्रचारबाजी नगरि बिरामीको अभिभावकलाई कुनै असन्तुष्टि वा शंका लागेको भए, कानुनी तथा नियामक प्रक्रिया अपनाउने भनेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबै नागरिकको सेवामा समर्पित छ। पारदर्शिता, व्यावसायिकता र उत्तरदायित्वमा पूर्ण प्रतिबद्ध छौं।विज्ञप्तिमा भनिएको छ।




