रोल्पामा पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो ।

पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

रोल्पामा पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

मुख्यमन्त्री जिल्ला भ्रमणले पनि समाधान भएन समस्याग्रस्त

रोल्पामा पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

जाजरकोट उपनिर्वाचन : नलगाड र कुशेमा शान्तिपूर्ण