ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । लगातार परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कालीकोटको शुभ कालिका गाउँपालिका–१ गगनलेखोला,एसमोड,कालेखोला लगायतका स्थापनामा साना ठुला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि जुम्ला मुगुबाट सुर्खेत,नेपालगन्ज काठमाडौँ जाने यात्रु बाहक तथा मालवाहक गरी सयौँ सवारी तथा यात्रुहरू अलपत्र परेका छन् ।

गगनेखोलामा ठुलो ढुङ्गा सहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको र पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताए ।

उनले भने,‘सबैभन्दा ठुलो ढुङ्गा सहितको पहिरो गगने खोलामा आएको छ । ४/५ किमीको दुरीमा अन्य स्थानमा पनि पहिरो गएको बुझिएको छ । गगने खोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ब्रेकर लगाएर फुटाल्ने तयारी छ ।’

गगनेखोला बाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने बेला सम्म धैर्य गरिदिन समेत सूचना अधिकारी जीटिले सबै यात्रुलाई आग्रह गरेका छन् ।

सडक डिभिजनको मेसिन सहित जनशक्ति बिहानै ६ बजे देखी पहिरो पन्छाउन जुटेका छन् । यद्यपि,ढुङ्गा ठुलो नै भएकोले पहिरो पन्छाउन भने समय लाग्ने देखिएको छ ।

गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालिकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ ।

दैलेख प्रहरीले राकम कर्णालीमै यातायातका साधन रोकेको छ । यात्रुलाई खान बस्न समस्या नहुने भनी बजार क्षेत्रमै यात्रुलाई रोकेको प्रहरीले बताए ।

ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जाजरकोट जीप दुर्घटना अपडेट: मृतकको संख्या २