सामाजिक कार्यालय मुगुको बेरुजु शून्य

बिकास कार्यालय मुगुको बेरुजु शून्य देखिएको छ । आर्थिक बर्ष २०८०र ०८१ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा बेरुजु शून्य देखिएको सामाजिक बिकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले बताए ।
सोमवार जिल्ला समन्वय समितिको कार्यालयमा सोमवार आयोजित वार्षिक समीक्षा कार्यक्रममा पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सामाजिक बिकास कार्यालय बाट बर्ष भरि सम्पादन गरिएका कामहरू अनुकरणीय भएको बताए । उनका अनुसार सोमवार प्रस्तुत गरिएका कार्यालयका वार्षिक कामहरू प्रशंसनीय भएको धारणा राखे ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर शाहीले अन्य कार्यालयमा सोमवारका मिति सम्म भुक्तानीकै प्रक्रियामा रहेको भएपनि सामाजिक बिकास कार्यालयले समयमै वार्षिक कामहरू सम्पन्न गरि कार्यक्रम सँग सम्बन्धित विभिन्न सरोकारवाला हरूका बिच समीक्षा कार्यक्रमको आयोजना गर्नुले पारदर्शिता, र जबाफदेहिताको नमुना प्रदर्शन भएको धारणा ब्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सामाजिक बिकास कार्यालयको बेरुजु शून्य हुनु भनेको विकासका काममा राम्रो प्रगति भएको बताए । उनका अनुसार सामाजिक बिकास कार्यालय प्रमुखको कार्य दक्षता कुशलताले प्रगति छिटो छरितो र चुस्त दुरुस्त र अनुकरणीय भएको धारणा ब्यक्त गरे ।
जिल्ला समन्वय समितिका संयोजक मंजनबहादुर कार्कीले आर्थिक वर्षको अन्तमा कार्यालयको तर्फबाट जिल्लाभरि भएमा कामहरू समयमै सकेर समीक्षा कार्यक्रमको आयोजना गरेकोमा कार्यालय प्रमुख र टिमको मुक्त कण्ठले प्रशंसा गरे । सामाजिक बिकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले आफ्नो कार्यालयको तर्फबाट वार्षिक स्वीकृत कार्यक्रमको प्रगति प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रम अनुसार छात्रवृत्ति, तालिम, विद्यालय भवन निर्माण, अनुगमन, खेलकुद, महिला, ज्येष्ठ नागरिक, दलित लक्षित लगायतका क्षेत्रमा बजेट खर्च गरिएको थियो ।
समीक्षा कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, बिब्यस अध्यक्ष, लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।






