नगर प्रहरीको भर्ना प्रक्रियामा अनियमितता भएको आरोप

नगर प्रहरीको भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै चन्दननाथ नगरपालिका वडा दुईका अध्यक्ष हेम बुढथापाले प्रेस विज्ञप्ति निकालेर आरोप लगाएका छन् । उनका अनुसार मंसिर ९ गते नगर प्रहरीको विभिन्न चरण पार गरी अन्तरवार्तामा पुग्दा विभन्नि जाल, जेल, षडयन्त्र गरी सफल भएका उम्मेदवार लाई हटाई एकलौटी रुपमा आफ्नो मान्छे भर्ने ध्येयका साथ नतिजा प्रकाशित गरिएको छ ।

‘यो गलल निर्णयको विरुद्ध मेरो घोर आपत्ति छ । सम्पूर्ण न्यायप्रेमी नगरबासी आमा, बुबा, दाजुभाई तथा दिदी र बहिनीहरुको ध्यानआकर्षण गर्न चाहान्छु,’ उनले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मार्फत वडा अध्यक्षले थपेका छन्, ‘चन्दननाथ नगरपालिकामा गठित पदपुर्ति समितिले नगरप्रहरीको विज्ञापनमा गरेको एकलौटी निर्णयले गरेको नतिजाको निश्पक्ष नतिजा नआएकोले यसको निश्पक्ष छानविन समिति गठनको जोडदार माग गर्दछु ।’

उनले निश्पक्ष छानविन समिति गठन नगरे चन्दननाथ नगरपालिका –२ को सम्पूर्ण काम कार्वाही तथा चन्दननाथ नगरपालिकाको अनुगमन समितिको सदस्यबाट हुने अनुगमनका काममा सहभागी नहुने चेतावनी दिए ।

यता चन्दननाथ नगरपालिकाकी उप–मेयर रामदेवी खड्काले नगर प्रहरी नियुक्ति प्रक्रियामा कुनै खालको अनियमितता नभएको बताइन् । उनले भनिन्, ‘नगर प्रहरी नियुक्तिमा कुनै अनियमितता भएको छैन । असन्तुष्टि आउनुलाई हामीले अन्यथा लिएका छैनौं । असन्तुष्ट जनाउन पाइन्छ ।’ चन्दननाथ नगरपालिकाले खोलेको १५ जनाको नगर प्रहरीको विज्ञापनमा शारीरिक तन्दुरुस्ती र लिखितमा २२ जवान र एक असही गरि २३ जनाको नाम निस्किएको नगरपालिकाका प्रवक्ता नवराज देवकोटाले बताए । नतिजामा अध्यक्ष बुढथापाले असहमति जनाउँदै विज्ञप्ति निकालेका हुन ।

नगर प्रहरीको भर्ना प्रक्रियामा अनियमितता भएको आरोप

सम्पादकीय : कर्णालीको बजेटमा के फरक छ

नगर प्रहरीको भर्ना प्रक्रियामा अनियमितता भएको आरोप

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब

This will close in 0 seconds