वर्षायाम नजिकिएसँगै जुम्लामा सेनाको विपद् प्रतिकार्य तथा अभ्यास


वर्षायाम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा ञञअभ्यासझझ मनसुन –४ गरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका– १ दानसाघुँमा सुरक्षानिकायले सामुदायिक विपद् प्रतिकार्य तथा ञञअभ्यासझझ मनसुन –४ गरेका हुन्। बाढीपहिरोले जोखिम मानिएका स्थानमा समुदायको प्रत्यक्ष सहभागितामा सुरक्षाकर्मीहरुले विपद् पुर्वतयारी अभ्यास सुरु गरेका हुन।
खोंचमा फस्दा, पहिरोमा पर्दाको समयमा गरिने उद्धारको अभ्यास गरिएको हो । अभ्यासमा सेनासँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस कर्मी, सामुदायिक विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी समेत सहभागी थिए।विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यले विपद् प्रतिकार्य तथा अभ्यास सिकाइको गणपति हिमालय थापाले बताए।
वर्षायाममा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्नेछ। कार्यक्रममा सेनाका संयुक्त टोलीले पहिरो, बाढी, डुबानमा परेको बस्ती र स्थानीयलाई उद्धार प्रक्रियाको प्रदर्शनी गरेका थिए।चन्दननाथ नगरपालिका जुम्लाकी उप– प्रमुख रामदेवी खड्काले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताइन्।
विपद पुर्वतयारी अभ्यासका लागि नगरपालिका तयारी अवस्थामा छ। बर्षेनी पुर्व तयारी अभ्यासहरु भइरहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने बताउँछिन् । हरेक बर्ष विपद् व्यवस्थापनमा ५० देखि ७० लाख छुट्याउदै आएको नगरपालिकाले डोजर,दमकल,ट्याक्टर,एम्बुलेन्स र शववहान तैनाथ छन् ।
बाढी र पहिरोले गर्न सक्ने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने यो अभ्यासले समुदायमा थप सकारात्मक हौसला मिलेको छ। , ‘विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्त्वपूर्ण छ । त्यसमध्ये पनि नेपाली सेनाले खेल्दै आएको भूमिका उच्च प्रशंसनीय छ।
जुम्लामा आगलागी होस्,बाढी,पहिरो जस्ता विपद् जन्य कार्यमा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको र विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव नहुने हुँदा यसका लागि सामूहिक प्रयास जरुरत छ। यस्तै, देविदत्त गण जुम्लाका गणपति हिमालय थापाले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जीउधन सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । र पहिरोले गर्न सक्ने क्षति र उद्धार तथा उपचारका सन्दर्भमा गरिने अभ्यासका बारेमा समेत समुदायलाई सिकाइएको उनी बताउँछन्।
विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासको खाँचो छ।,’बर्सेनि वर्षातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पु¥याउने गरेकाले यस प्रकृतिको अभ्यासले प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक जयकुमार घिमिरेले बताए ।
जिल्लाको हरेक नागरिकले विपद्का बेला आइपर्ने समस्याबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने बताए । उनले भने,‘मौसम विज्ञान विभागले यो बर्ष धेरै पानी पर्ने प्रक्षपण गरेको छ । त्यसैले बाढीपहिरोले ल्याउन सक्ने विपद कम गर्न पुर्वतयारीका साथ लाग्नुपर्ने देखिन्छ ।’ उनले बिषयगत,क्षेत्रगत निकायाहरु र सरोकारवाला सबैलाई तयारी स्रोत,साधन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन गरे। उनले भने,‘जिल्लामा विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ ।
यो अभ्यासले नागरिकको क्षमता बृद्धिमा सहयोग मिल्ने छ । कमी कमजोरीहरु औल्याउँदै विपद आइपरेको बेला संगठित भएर लाग्ने प्रेरणा दिने अपेक्षा छ ।’







