हावाहुरीले भवनको छाना उडाउदा पठनपाठन प्रभावित


हावाहुरीले सिम्ता ९ खान्मा सुर्खेतमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयको भवनमा क्षती पुर्याएको छ । भवनसँगै आइसिटि ल्यावमा ठुलो क्षति पुर्याएको छ । हावाहुरिले चारकोठे कच्ची भवनको जस्ता पाता उडाउदा त्यस कोठाको रहेका महत्वपूर्ण सामग्रीमा क्षती भएको छ ।
बाल बिकास कक्षा, कक्षा ४ र ५ सहित आइसिटी कक्षामा क्षती भएको छ । आइसिटी कोठामा रहेको ३ वटा डेस्टप कम्प्युटर, १ थान पृन्टर मेसिन, स्मार्ट टिभीमा क्षति भएको छ । कोठाका भित्ताहरु चर्किएर जिर्ण अवस्थामा रहेको छ ।
प्रहरी चौकी आलिबाट प्रहरीको टोलि सहित स्थानिय जनप्रतिनिधिको रोहवरमा क्षतिको विवरण समेत सकलन भएको छ । जस्तापाताहरु सबै उडार कक्षाकोठाको बेन्च डेस्कमा क्षती भएको छ । तत्काल त्यो भवन पुनः निर्माण गर्न समेत समस्या भएको छ ।
अहिले कक्षाकोठामा बस्ने वातावरण नहुदा बिद्यार्थीहरुलाइ रुखमुनी राखेर पठनपाठन भैरहेको बिधालयका प्रधानाध्यापक लक्ष्य बहादुर सुनारले जानकारी दिए । तत्काल स्थानिय र प्रदेश सरकारले बिधालय भवनको लागि पहल गरिदिन सुनारको आग्रह रहेको छ । पुरानो भवनमा भएको क्षतिका कारण उक्त भवन पुन निर्माण गर्न समेत समस्या रहेको छ ।
पुर्व बिद्यार्थीहरुको सहयोगबाट सन्चालन गरेको सुचना प्रविधि आइसिटिमा क्षती हुँदा बिधालयको दैनिक प्रशासनिक कार्यमा समेत बाधा पुगेको छ । बिधुत जडान गरेको लाइन लगायत तारहरु समेत क्षत बिछेद अवस्था छन् ।






