कुमारी बैंक सुर्खेतद्धारा १० लाख दुर्घटना बिमा रकम भुक्तानी


कुमारी बैंक लिमिटेड सुर्खेतले १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । परिवार सुरक्षा बचत खाता योजना’अन्तर्गत खाताधारकलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । खाताधारकको परिवारको तर्फबाट सिम्ता गाउँँपालीका वडा नं ४ सिमल गाउँ निवासी खातावाला केशर बहादुर खत्रीलाई श्रीमतिको दुर्घटना मृत्युपश्चात उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम कुमारी बैंक लिमिटेडको सुर्खेत शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नेको इन्स्योरेन्सबाट बिमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेडमार्फत सो रकम भुक्तानी गरिएको हो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्छन् ।
सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले विगत चार वर्षदेखि ग्राहकका सुविधाका लागि ‘परिवार सुरक्षा बचत खाता योजना’मार्फत बिमालगायत अन्य सुविधा प्रदान गर्दै आएको छ ।




