नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीको अध्यक्षमा जोशी


निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको अध्यक्षमा शिखर इन्सोरेन्सका प्रदेश प्रमुख गणेशप्रसाद जोशी चयन भएका छन् ।
बिहिवार योगेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमिती विघटन गरी नेपाल बीमा प्रधिकरण कर्णाली प्रदेश कार्यालय र कर्णालीका निर्जिवन बीमा कम्पनीहरुको प्रादेशिक कार्यालय प्रमुखहरुको समन्वयमा नयाँ कार्यसमिती गठन गरिएको हो ।
जसको उपाध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड प्रदेश प्रमुख राकेश विसी, महासचिवमा युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख धिरेन्द्रकुमार शाही चयन भएका छन् ।
यस्तै सचिवमा प्रभु इन्स्योरेन्स सुर्खेत शाखाका प्रमुख कलम रोकाय, कोषाध्यक्ष आइजिआइ प्रुडेन्सियल शाखाका प्रमुख चन्द्रबहादुर थापा चयन भएका छन् । नयाँ कार्यसमितिको सदस्यमा राष्ट्रिय बीमा कम्पनी सुर्खेतका राजेन्द्र सुनार, सलिको इन्स्योस्योरेन्स कम्पनीका बिनित पौडेल रहेका छन् ।






