भेरीगंगाको हिउँदे सभामा पाँचवटा विधेयक पेश


भेरीगंगा नगरपालीकाको १४ औं नगरसभा सुरु भएको छ । भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको सभाअध्यक्षतामा नगरपालिकाको सभाहलमा मंगलवार १४ औं नगरसभाको पहिलो बैठक सुरु भएको हो ।
यस नगर सभाको पहिलो बैठकमा भेरीगंगा नगरपालकिा नगर योजना आयोग गठन तथा सन्चालन विधेयक २०८० , भेरीगंगा नगरपालिकाको जलचर तथा जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० , भेरीगंगा नगरपालिकाको संस्था दर्ता विधेयक २०८०, भेरीगंगा नगरपालिकाको वन संरक्षण विधेयक २०८० र भेरीगंगा नगरपालिकाको दलित शसक्तीकरण विधेयक २०८० पाँच वटा विधेयक सभामा पेश भएका छन ।
सभामा सभाध्यक्ष नगर प्रमुख यज्ञप्रसाद ढकालले विभिन्नि संघसस्थाले नगरपालकिासंग समन्वय गरी सञ्चालनमा आएका संचालनमा आउने योजना एवंम पालकिामा प्राप्त भएको रकम र प्राप्त हुने रकम लगायत वडा र पालकिाबाट प्रदेश एवम केन्द्रमा शिफारिस भएका ठुला योजनाको बारेमा सभामा जानकारी गराएका थिए ।
उपप्रमुख धनसरा बोहोराले न्यायिक समितीमा हालसम्म प्राप्त भएका उजुरी एवम उजुरी उपर कारवाही भएका र कार्वाही हुन बाँकी रहेका उजुरीको विषय लगायत नगरसभाको बैठक पछी हाल सम्म १३ वटै वडामा भए गरेका विकास निर्माणका काम एवम बजेटको बारेमा सभामा नगर प्रमुख ढकालको अनुमतिमा जानकारी गराए ।
सभाका सदस्यहरुले आफ्नो बिचार एवम आफ्नो धारण राख्ने क्रममा प्रस्तुत कार्यपालिका सदस्य शेर बहादुर कामी , वडा नम्बर १३ का वडा अध्यक्ष गणेश बहादुर भण्डारी, वडा नम्बर ६ का वडा अध्यक्ष लालसिंह बुढा , सभा सदस्य गोपाल बनागाडी, सीता शर्मा ,अमृता विष्ट, वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामी लगाएतले सभामा प्रश्न एवम सुझाव राखे ।
आफ्नो बिचार एवम आफ्नो धारण राख्ने क्रममा प्राकृितक श्रोत साधनको प्रयोग गरेर राजस्वको दायरा बढाउनको लागी पालिकाले पहल गर्नुपर्ने, पालिकाका ८० प्रतिशत भन्दा बढी जनताहरु कृषिमा आवद्द भएको हुदाँ सवै भन्दा बढी प्राथामकिता कृषिलाई दिनु पर्ने आफ्नो धारण एवंम सुझाव दिएका थिए ।
शैक्षिक सस्थाको अवस्था पन िदयनिय भएको हुदा शिक्षा क्षेत्रमा पालिकाले विशेष पहल गर्नु पर्ने, उपप्रमुख सोरोजगार कार्यक्रम लाई प्रभावकारी बनाउदै कृषिमा आवद्द कृषकको पहिचान गरी कृषि सामाग्री वितरण गर्नुपर्ने, पालिकाले पालिका भित्र सन्चालन भएका मेला महोत्सवको कर नउठाएको तर मेला महोत्सव संचालन गर्न पालकिाले संचालन खर्च दिएको भन्दै राजस्व उठाउनसमेत जोड दिन आग्रह गरेका थिए ।
यस्तै सदस्यले राष्ट्रिय गौरभको आयोजनाको रुपमा रहेको भेरीबबई डाईभर्सनको बारेमा पनि सभामा सभाका सदस्यले सभाको ध्यानाकर्षण गराएका थिए । न्यायक समतिकिो काम कार्वाहीलाई चुस्तदुरुस्त बनाउनु पर्ने र वडामा न्यायिक समिती गठन नभएको हुदा वडामा न्यायिक समिती गठन गर्न सुझाव दिएका थिए । यस्तै कार्यपालिकाको बैठकमा भएका निर्णयहरु वडामा जानकारी गराउनु पर्ने र ठाउँ अनुसारको कृषि उत्पादनलाई प्राथामकितामा राख्न पनि सभामा माग गरिएको थियो ।
सभाका सचिब एवम प्रमुख प्रशासकीय अधकिृत कृष्ण प्रसाद पोखरेलले कार्यालय र कर्मचारी सँग सम्वन्धति रहेर उठेका प्रश्नहरुको जवाफ दिए । यस्तै उपप्रमुख धनसरा बोहोराले न्यायिक समिती एवम उपप्रमुख स्वरोजगार कार्यक्रम सँग सम्वन्धति रहेर उठेका प्रश्नको जवाफ दिए, भने सभाध्यक्ष एव नगरप्रमुख यज्ञ प्रसाद ढकालले भेरीबबई डाईभर्सन , मैनतडा रंगशाला, दलित संग्रालय, स्वास्थ्य, शक्षिा ,कृषी, खानेपानी, वद्यिुत, सडक लगाएतका क्षेत्रमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सभामा १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालकिा सदस्य, नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।






