कर्णालीमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा


केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।
उनीहरूले पत्रकार सम्मेलन गर्दै हालसम्म सरकारमा हुँदा गरेका कार्य प्रगति विवरणहरूसमेत सार्वजनिक गरेका थिए ।
मन्त्रीहरूले राजीनामा दिएसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।






