२०८२ फाल्गुन ५ गते
×

Now Playing

निर्माणाधीन रिटेनिङ वाल अलपत्र


सल्यानको लुहाम–काभ्रा–कालीमाटी रामपुर सडक खण्डको गौरेज्युलामा निर्माणाधीन रिटेनिङ वाल अलपत्र ठेकेदारका लापरवाहीका कारण एक वर्षदेखि अलपत्र रहेको छ ।

त्रिवेणी गाउँपालिका–३ को गौरेज्युलामा तीन बर्षअघि अविरल बर्षातपछि शारदा नदीले कटान गर्दा सडक पुर्णरुपमा भत्किएको थियो । पर्खा निर्माणको लागि सिस्ने कन्स्ट्रक्सन काठमाडौँले २०७८ साल चैत महिनामा पूर्वाधार विकास कार्यालय सल्यानसँग १ करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।

पर्खाल निर्माणको काम २०८० साल जेठ ३० गते सक्नेगरी ठेक्का सम्झौता भए पनि एक वर्षदेखि निर्माणको काम अगाडी बढ्न नसकेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले बताए ।

उनका अनुसार पर्खाल निर्माणको काम अहिलेसम्म १० प्रतिशत मात्र सम्पन्न भएको छ । काम अलपत्र छोडेर ठेकेदार एक वर्षदेखि सम्पर्क विहीन भएको र बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि काम अगाडी बढ्न नसकेको अध्यक्ष रावतले बताए ।

सडक बगाएपछि वैकल्पिक सडकका रुपमा स्थानीयको जग्गा प्रयोग गरेर बाटो सञ्चालन भइरहेको छ । ठेकेदारले समयमै काम सम्पन्न गर्न नसक्दा बर्षाले स्थानीयको घर बग्ने समेत जोखिम रहेको स्थानीय हुकुम महतराले बताए ।

‘सडक बगाएको झन्डै तीन बर्ष भयो, पर्खाल उठाउने काम सुरु पनि भयो, तर ठेकदारले बिचैमा अलपत्र छोडेर गयो, फेरि वर्षा लाग्न थालिसक्यो, फेरि बस्ती नै जोखिममा परेको छ ।’, उनले भन ।

पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख हरिबहादुर ओलीले कामको जिम्मा लिएको ठेकेदारले अन्य सहायक ठेकेदारलाई काम दिँदा पनि समयमै काम हुन नसकेको बताए ।

सहायक ठेकेदारले पनि बिचैमा काम छोडिदिँदा पर्खाल निर्माणको काम अलपत्र परेको बताए । काम सुरु गर्नको लागि ठेकेदारलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको उनले बताए ।

अविरल बर्षाले आएको शारदा नदीको कटानले १ हजार ३ सय मिटर जग्गा बगाएको छ भने बस्ती नै जोखिममा परेको छ ।

स्थानीयले अब पनि समयमै काम नभए फेरि बाटो बन्द गर्ने चेतावनी दिएका छन् ।

निर्माणाधीन रिटेनिङ वाल अलपत्र

एक करोड लगानीमा ‘होम पाइप’ उत्पादन उद्योग

निर्माणाधीन रिटेनिङ वाल अलपत्र

प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए