नारी दिवसका अवसरमा सुर्खेतमा प्रदेशस्तरीय महिला सम्मेलन हुँदै


अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुर्खेतमा कर्णाली प्रदेश स्तरीय महिला सम्मेलन हुने भएको छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमबार वीरेन्द्रनगरको सिटीहलमा महिला सम्मेलन हुन लागेको हो ।

सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिएकी छन् । भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएकाले विभिन्न ठाउँमा नेतृत्व गरिरहेका महिलाका लागि प्रेरणा बन्न सक्ने हुँदा प्रमुख अतिथिका रूपमा बोलाइएको ढकालले बताइन् ।

सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाका उपप्रमुख तथा महिलाले नेतृत्व गरेका स्थानीय तहका प्रमुखलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । यस्तै कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यका साथै वीरेन्द्रनगर नगरपालिकामा रहेर विभिन्न क्षेत्रमा नेतृत्व गरेका महिलालाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रममा आमा समूहदेखि पूर्वराष्ट्रपति महिलाको सहभागिता रहने नगर प्रमुख ढकालले जानकारी दिइन् ।

उनका अनुसार महिला स्वास्थ्य स्वंसेविका, आमा समूह, टोल विकास संस्था, विभिन्न उपभोक्ता समिति, समूह, संस्था सहकारी, कार्यालयको नेतृत्वमा रहेका महिला गरी करिब एक हजार जनाको सहभागिता रहनेछ । सम्मेलनलाई नेतृत्वमा बसेका महिलाका लागि प्रेरणाका साथै महिला बालबालिकाका क्षेत्रमा स्थानीय तहले गरेका राम्रा अभ्यासको सिकाइ आदानप्रदान गर्ने अवसरका रूपमा लिएको ढकालको भनाइ छ ।

उनका अनुसार कार्यक्रममा मुख्यगरी उपप्रमुख÷उपाध्यक्षले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरूको अनुभव आदनप्रदान गरिनेछ ।

नेतृत्व गरिरहेका महिलामा उत्प्रेरण थप्ने र सिकाइ आदानप्रदान गर्ने अवसरका रूपमा सम्मेलनलाई लिएको प्रमुख ढकालले बताईन् ।
जुनुसुकै क्षेत्रमा काम गरिरहे पनि महिलाको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र जारी गर्ने योजना रहेको उनको भनाई छ ।

नारी दिवसका अवसरमा सुर्खेतमा प्रदेशस्तरीय महिला सम्मेलन हुँदै

हाल कर्णाली प्रदेशलगाएत केही स्थानहरुमा वर्षा

नारी दिवसका अवसरमा सुर्खेतमा प्रदेशस्तरीय महिला सम्मेलन हुँदै

यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

This will close in 0 seconds