वीरेन्द्रनगरमा रहेको नौलो होटेलको छतबाट खसेर एक जनाको मृत्यु


वीरेन्द्रनगरमा रहेको एक होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–६ स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको छतबाट खसेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका– ८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार चन्द होटलबाट कतिबेला खसे भन्नेबारे केही खुलेको छैन । ‘उनी होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो, तर कतिबेला खसेका हुन् केही खुलेको छैन, उनले भने । ‘हामीलाई आज बिहान ८ः३० बजे जानकारी आएको हो ।’

हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

वीरेन्द्रनगरमा रहेको नौलो होटेलको छतबाट खसेर एक जनाको मृत्यु

कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले

वीरेन्द्रनगरमा रहेको नौलो होटेलको छतबाट खसेर एक जनाको मृत्यु

हाल कर्णाली प्रदेशलगाएत केही स्थानहरुमा वर्षा