पातारासी गाउँपालिकाको हिउँदेसभा, १२ वटा निति पारित


जुम्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको हो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार हिउँदेसभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नीति २०८०, सडक आश्रित सहयोगी मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि २०८०, बालमैत्री आचारसंहिता २०८०, नर्सरी स्याउ तथा ओखर व्यवस्थापन कार्यविधि २०८०, विपत् व्यवस्थापनको सञ्चालन कार्यविधि २०७७ को पहिलो संशोधन २०८०, पातारासी गाउँपालिकाको भवन निर्माण मापदण्ड निर्देशिका २०८० पारित गरिएका छन् ।

उपाध्यक्ष रोकायाका अनुसार १२ औँ गाउँसभाबाट १२ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको हो । प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलका अनुसार पालिकाका काम कारबाहीलाई चुस्त, दुरुस्त बनाउन तथा जनमुखी कार्य सम्पादनका लागि विभिन्न १२ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित गरिएका छन् ।

पातारासीको १२ औँ गाउँसभाबाट पातारासी गाउँपालिकाको पातारासी गाउँपालिकाको नतिजामा आधारित विद्यालय प्रोत्साहन अनुदान कार्यविधि, २०८०, पातारासी गाउँपालिकाको उच्च शिक्षा सञ्चालन कार्यविधि २०७७, दोस्रो संशोधन २०८०, पातारासी गाउँपालिकाको कार्य सञ्चालन निर्देशिका २०८० पारित भएका छन् ।

उनका अनुसार गाउँपालिकाले एसइईमा ए प्लस ग्रेड ल्याउने प्रति विद्यार्थी ५० हजारका दरले विद्यालयलाई अनुदान दिइने छ । यस्तै न्यूनतम ५ जना विद्यार्थीले ए ग्रेट ल्याएको विद्यालयलाई ४० हजार र सो भन्दा बढी विद्यार्थीले ए ग्रेड ल्याएमा प्रति विद्यार्थी ४ हजारका दरले विद्यालयलाई अनुदान दिइने सूचना अधिकारी दान बहादुर विष्टले बताए ।

छात्रा, दलित, जनजाति, अपाङ्गता भएका अधिकतम १० जनाले बि प्लस ग्रेड ल्याएमा सो विद्यालयलाई ३० हजार अनुदान दिइने छ । विद्यालयमा जाने अनुदान रकमको ४० प्रतिशत शिक्षक प्रोत्साहन, ४० प्रतिशत विद्यालय व्यवस्थापन र २० प्रतिशत विद्यार्थी प्रोत्साहनमा खर्च हुने नतिजामा आधारित विद्यालय प्रोत्साहन अनुदान कार्यविधि, २०८० मा व्यवस्था गरिएको छ ।

पातारासी गाउँपालिकाको हिउँदेसभा, १२ वटा निति पारित

घरदैलोका ‘डाक्टर’ महिला स्वयंसेविका

पातारासी गाउँपालिकाको हिउँदेसभा, १२ वटा निति पारित

स्याउ कृषकलाई बिरुवा काँट छाँटको चटारो