२०८२ फाल्गुन ५ गते
×

Now Playing

४१ परिवारलाई खाद्यान्न र लत्ताकपडा


नेपाल प्रहरी श्रीमती संघले राउटे बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग उपलब्ध गराएको हो । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित राउटे बस्तीमै पुगेर खाद्यान्न र लत्ताकपडा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले बताए ।

नेपाल प्रहरी श्रीमती संघ काठमाडौंले जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा सामग्री वितरण गरेको हो । राउटे समुदायका ४१ घरपरिवारलाई ४२ बोरा चामल, ५७ केजी दाल, ४२ पोका नुन र एक बोरा खुर्सानी प्रदान गरिएको छ ।

यस्तै २० पोका विस्कुट, ६ कार्टुन चाउचाउ, एक कार्टुन साबुन, ८० माला स्याम्पु पनि सहयोग गरिएको छ । लत्ताकपडामा २५ पिस कमल, ५२ पिस सेतो पटुका, ५० पिस चोली समेत सहयोग वितरण गरिएको बताइएको छ ।

४१ परिवारलाई खाद्यान्न र लत्ताकपडा

प्रजातान्त्र दिवसको पूर्वसन्ध्याहमा एकसय ५० स्याउ विरुवा

४१ परिवारलाई खाद्यान्न र लत्ताकपडा

नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको