२०८२ फाल्गुन ५ गते
×

Now Playing

दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी भएको पाइएको छ । ढुवानीको जिम्मा पाएको सिम्रीक एयरको हेलिकोप्टरले सिमकोट विमानस्थलमै हेलिकोप्टर नाईट स्टे राखेर खाद्यान्न ढुवानी गर्न थालेपछि छोटो अवधीमा आधाभन्दा बढी खाद्यान्न ढुवानी गर्न सम्भव भएको हो ।

लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले हेलिकोप्टरले खाद्यान्न ढुवानी गर्न सुरु गरेयता पाँच हजार ७ सय ३६ दशमलव ७५ क्वीन्टल ढुवानी गरेको बताए । यस वर्षको हवाई मार्गको खाद्यान्न हेलिकोप्टरले गत पुस ८ गतेबाट ढुवानी सुरु गरेको थियो ।

चालु आर्थिक वर्षको सिमकोट शाखाका लागि दश हजार क्वीन्टल हवाई मार्गबाट खाद्यान्न कोटा छ । अब हेलिकोप्टरले यही गतिमा ढुवानी गर्दै गए डेढ महिनामा सम्पन्न गर्ने देखिएको शाखाले जनाएको छ । खाद्यान्न ढुवानी सुरु भएयता दैनिक बीसदेखि पच्चीस उडान हेलिकोप्टरले भर्ने गरेको छ । हेलिकोप्टरले हवाई मार्गको खाद्यान्न सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी कार्य गरिरहेको छ ।

ल्याप्चेबाट दुई तर्फी गरि पन्द्र मिनेट समय लगाएर सिमकोट विमानस्थलमा खाद्यान्न ढुवानी हुने गरेको छ । अब खाद्यान्न ढुवानी कार्य पूरा नुहुँदासम्म हेलिकोप्टर सिमकोटमा बस्नेछ । एउटा उडानमा हेलिकोप्टरले सात क्वीन्टल खाद्यान्न ढुवानी गर्ने गर्छ ।
यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट चार हजार क्वीन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रीक एयरले नेपालगञ्जबाट प्रतिकेजी १ सय ४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १ सय ३७ रुपियाँमा ढुवानी गर्ने गरि लिमिटेडसँग सम्झौता गरेको थियो । सो खाद्यान्न हाल सुर्खेतबाट हुम्लाका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानी सुरु भएको हो ।

सुर्खेतबाट ट्रकमा ढुवानी भएर हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म आउने गरेको छ ।

दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी

YUGAAWHAN NATIONAL DAILY (2080-11-06)

दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी

शिक्षकहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न