करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण


जुम्लामा रहेको कैलाश बोधि बार्डिङ स्कुलले करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गरिब, जेहेन्दार, दलित र जनजाति विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उक्त विद्यालयका संचालक तथा प्रिन्सिपल टाशी दोन्डुप लामाले बताए।उनका अनुसार विद्यालयमा अध्ययनरत ६ सय विद्यार्थी मध्ये ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। अजिज फाउण्डेशन र एनआरएनए किर्गिज रिपलब्किलको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको लामाको भनाइ छ ।

न्यानो कपडामा जुत्ता, पईन्ट, ट्राउजर र थर्मकोट लगायतका सामान उपलब्ध गराईएको थियो । लामाले भन्नुभयो, नयाँ वर्षको आगमन सँगै अजिज फाउण्डेशनले गैर आवासीय नेपाली संघ एनआरएनए किर्गिज रिपलब्किलको सहयोगमा “असल कार्यको लागि अभियान” को मुलधार भन्ने अभियान सँगै “जाडोमा न्यानो जुत्ता र कपडा” वितरण गरेको छ ।

यो अभियानमा धेरै जाडो हुने जुम्लाका बालबालिकालाई राहत हुनेछ । विद्यालयमा अध्ययनरत गरिब र विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छौँ । जुम्लाको जाडो छेक्ने कपडा पाउँदा खुसी छन् । अजिज फाउण्डेशनकि संस्थापक अध्यक्ष सर्की ल्हमु शेर्पाद्वारा कैलाश बोधी स्कुल जुम्लाका प्रन्सिपल लामालाई स्कुलका विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो हुने प्यान्ट २ सय ९५ थान, टाउजर ५५ थान र न्यानो जुत्ता ५० थान हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अजिज फाउण्डेशकी तर्फबाट अध्यक्ष सेर्की ल्हमु शेर्पा, कार्यकारी अध्यक्ष रोसन भण्डारी र नवाङ दोर्जे शेर्पा तथा कैलाश बोधी स्कुलका तर्फबाट संस्थापक अध्यक्ष कर्मा छोजम लामा, प्रिन्सिपल टाशी लामा र उपप्रध्यापक काठमाण्डौबाट विमल अधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा अजिज फाउण्डेशनकी अध्यक्ष सर्की ल्हमु शेर्पा र कैलाश बोधी स्कुलकी अध्यक्ष कर्मा छेजम लामाले एनआरएनए किर्गिज रिपलब्किका अध्यक्ष डा. किसन भण्डारी लगायत सम्पूर्ण टिमलाई सामानहरु सहयोग गरेकोमा धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि यसरी नै सहकार्य गरी कार्यक्रमहरु गर्न अध्यक्ष डा. किसन भण्डारीलाई सन्देश पठाउनु भएको छ ।

कैलाश बोधि स्कुल २०६३ सालमा जुम्लामा स्थापना भएको हो ।स्थापनाको सुरुका वर्षमा २३ जना विद्यार्थीबाट पढाउन सुरु गरेको उक्त विद्यालयमा अहिले ६ सय विद्यार्थी संख्या पुगेको छ । विदालयले हाल आफ्नै भवन समेत निर्माण गरि सकेको छ । विद्यालयका संचालक तथा प्रिन्सिपल लामाको न्युजिल्याण्डबाट अमेरिका जाने तयारी थियो ।

जुम्लामा पुगेपछि विद्यालय खोलेर बस्नु भएको छ ।शिक्षाको अवस्थालाई सुधार गर्नको लागि जुम्लामा विद्यालय स्थापना गरेको उनको भनाइ छ । लामाले भन्नुभयो, फाईदाका लागि भन्दा पनि मैले सेवाका लागि विद्यालय स्थापना गरेको हुँ । काँचो माटोलाई परिपक्क बनाउने सपना देखेर कैशाल बोधि स्कुल स्थापना गरेको छ ।

लामाका अनुसार हरेक वर्ष गरिब र विपन्न बालबालिकालाई विद्यालयबाट मासिक शुल्क र भर्नामा छुट दिने गरेको बताए । यसैबिच सरस्वति पुजाको अवसर पारेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको लामाको भनाइ छ । उनका अनुसार, सरस्वति पुजाका दिन नर्सरीमा ३५ जना नयाँ विद्यार्थी भर्ना भए ।

करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

तातोपानीका १ सय ११ वटा योजना मध्ये

करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

दलित महिलाहरुको अनुभव: समाज बद्लिदो, विभेद हट्दै