मदन भण्डारी राजमार्ग: समृद्ध सुर्खेतको ढोका

प्रदेश राजधानी सुर्खेत उत्तर दक्षिणबाट सडक सञ्जालमा जोडिएको छ । तर पूर्वी सुर्खेत र पश्चिम सुर्खेतमा सिधै सडक सञ्जालबाट जाडिएको छैन् । छिञ्चु जाजरकोट खण्डले पूर्व तथा कर्णाली राजमार्गले पश्चिमका केही भुभागमा सडकको विकास भएपनि पूर्व पश्चिम प्रत्यक्ष सडक सञ्जालबाट जोडिएका छैनन् । यसले गर्दा पश्चिम सुर्खेतको ठूलो भूगोल सडक सञ्जालबाहिर छ । पूर्वको झापादेखि सुदुरपश्चिमको डडेल्धुरा जोड्ने सडक भित्री मधेसको मुख्य मार्ग हो, मदन भण्डारी राजमार्ग ।

यसले सुर्खेतलाई पुरै जोड्छ । मदन भण्डारी राजमार्ग पूर्वी सुर्खेत–वीरेन्द्रनगर हुदै पश्चिम सुर्खेत पार गरेर सुदुरपश्चिम प्रवेश गर्दछ । सिंगो सुर्खेतको भूगोल राष्ट्रिय राजमार्गमा जोडिनु सुर्खेतको भाग्य हो । मध्यपहाडी राजमार्ग र पूर्व पश्चिम (महेन्द्र) राजमार्गको बीचमा बन्ने दुई लेनको यो राजमार्गले भित्री मधेस र चुरे तथा महाभारत क्षेत्रका आसपासका ठाउँलाई समेट्दछ । राजमार्गले सिंगो सुर्खेतको समृद्धि र विकासको नयाँ ढोका खोल्ने अपेक्षा राखिएको छ ।

मदन भण्डारी राजमार्गको अधिकतम लाभ सुर्खेतले लिनु सक्नुपर्छ । सुर्खेतको बीच भागमा पर्ने हुँदा राजमार्गबाट यहाँका नागरिकले विभिन्न फाइदा लिन सक्ने आधार छन् । सहरीकरणको विकास, साना तथा मझौला उद्योग स्थापना, व्यवसायिक कृषि, आयआर्जनमार्फत सडकको फाइदा लिन सकिन्छ ।

नेपालगञ्जमा निर्भर सुर्खेतको बजार सुदुरपश्चिम प्रदेशको कैलाली, धनगढी तथा पूर्वमा लुम्बिनीका दाङलगायतका जिल्लासँग जोडिनेछ । कृषि र पशुपालनमा ठूलो सम्भावना बोकेको सुर्खेतका लागि मदन भण्डारी राजमार्ग बरदान सावित हुनेमा दुई मत छैन । भौगोलिक विकटता, अविकासजस्ता कारणले पछिल्लो समय रित्तिँदै गएको भित्री मधेशको साख जोगाउन पनि यो राजमार्ग उत्तिकै महत्वपूर्ण मानिएको छ । यसले सुर्खेतमा ठूला कलकारखानाको विकास हुन गई रोजगारी सिर्जनामा केन्द्रित गर्न आवश्यक छ । सडक बन्ने तर लाभ लिन नसक्ने हो नागरिकको जीवनमा तात्विक परिवर्तन हुँदैन ।

यसतर्फ जिल्लाका जनप्रतिनिधि, व्यवसायी एवं निजी क्षेत्र सचेत हुनुपर्दछ ।
िविसं २०७६ सालबाट निर्माण थालिएको राष्ट्रिय राजमार्ग परियोजना अन्तर्गतको यो राजमार्गको कुल लम्बाइ झण्डै १२ सय किलोमिटरको छ । हाल सुर्खेतको पूर्वी खण्डमा पर्ने धुलियाबिटदेखि भेडाबारीसम्मको ३५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । आयोजना कार्यालयका अनुसार हालसम्म यो खण्डमा ६० प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको छ ।

पश्चिम खण्डमा पनि रुख कटान अनुमतिसंगै धमाधम काम भइरहेको छ । लामो समयदेखि अल्झिएका विवादहरु समाधान भएका छन् । यसले राजमार्ग निर्माणले गति लिने अपेक्षा गरिएको छ । सडक निर्माण भएसँगै सुदुरपश्चिमका पहाडी जिल्ला र कर्णालीका १० वटै जिल्लाका नागरिकलाई संघीय राजधानी आउजाउ गर्न लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्नेछ ।

मदन भण्डारी राजमार्ग: समृद्ध सुर्खेतको ढोका

सार्वजनिक जग्गाका संरचना हटाएर पार्किङ बनाइदै

मदन भण्डारी राजमार्ग: समृद्ध सुर्खेतको ढोका

करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु