सम्पादकीय :भूकम्पीय सुरक्षा सचेतना दिवसमै सीमित नगरौं

आज २६ औं भूकम्प सुरक्षादिवस । वि.सं. १९९० साल माघ २ गतेका दिन २ः२४ मिनेट जाँदागएको महाभुकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल देखि हरेक वर्ष आजको दिनलाई भुकम्प सुरक्षादिवसको रुपमामनाउनथालिएको हो । आज हरेक जिल्लामाजिल्लाप्रशासनकार्यालयको संयोजनमा र स्थानीयतहहरुमाविभिन्नजनचेतनामुलककार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

नेपालमा ठूला भूकम्प र त्यसपछिका पराकम्पजाने सिलसिला रोकिएको छैन् । गोरखाभूकम्पलगत्तै मझौलाप्रकृतिकाभूकम्पपनिथुप्रै गइसकेका छन् । पछिल्लोपटकयहीकात्तिक १७गते मध्यरातीजाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.७ म्याग्निच्युडको भूकम्पले १५० बढीको मृत्यु र सयौं घर संरचनामाक्षति पु¥यायो । जसको आलो घाउ अझैं पुरिएको छैन् । पुनर्निर्माणको कामअझैं शुरु भएको छैन् । कतिपय पीडितहरु आधारभूत राहत पाउनबाट अझैं बञ्चित छन् ।

जाजरकोटभूकम्पमझौलाप्रकृतिको हुँदापनिठूलो मात्रामामानवीय र भौतिकक्षतिहुनपुग्यो । कारण, यस क्षेत्रका ढुंगा माटोले बनेका कच्चा घर, चरम गरिबीका कारण नयाँ घर बनाउननसकेका वर्षौं पुराना घरहुन । यी घर भत्किएर ठूलो मानवीयक्षतिहुनपुग्यो । भूगर्भविद्का अनुसार बितेका १२ वर्षमाआएकाभूकम्पहरूमध्ये जाजरकोटमा गएको भूकम्पतुलनात्मक रूपमा सानो र कमजोर हो । तर पछिल्लो १२ वर्षमागोरखा भूकम्पपछि सबैभन्दा बढी मानवीयक्षतिजाजरकोट भूकम्पमाभयो । जाजरकोट भूकम्पमा धेरै मानवीयक्षतिहुनुको प्रमुख कारण रातीको समयलाई पनिमान्न सकिएला । तर क्षतिको अर्को कारणकमजोर भौतिक संरचनापनिहुन ।

भूकम्पले गर्दा कमजोर भवन संरचनाभत्केर ठूलो जनधनको क्षतिहुने गर्छ । जसले देशको समग्र विकास स्थितिलाई निकै पछाडि धकेलिदिन्छ । भूकम्पीयजोखिमन्यूनीकरण गर्न सुरक्षितभवननिर्माण गर्नुपर्ने र सुरक्षितभवननिर्माण गर्न नेपालको राष्ट्रिय भवन संहिताकार्यान्वयनगर्नुपर्ने हुन्छ । राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नक्शा डिजाइन स्वीकृतिवानक्शापास गर्ने र सोहीनक्शाबमोजिम गुणस्तरीय ढंगले भवननिर्माण गरी भवन संहिताकार्यान्वयनगर्न सकिन्छ । यसको कार्यान्वयन र पालनामाख्याल गरेको पाइँदैन् ।

स्थानीयतहले भवन संहिताकार्यान्वयनगर्ने र संघ,प्रदेशले आवश्यक सहयोग, सहजीकरण, अनुगमनमुल्यांकन, नियमनगर्नुपर्दछ । स्थानीयतहहरुमाप्राविधिकजनशक्तिको कमी, सरोकारवालाहरु विशेष गरी घरधनीहरुमाजनचेतनाको कमी, प्राविधिक सुरपभिजनको कमी, निर्माण कार्यको गुणस्तर नियन्त्रणमा कमी, सरोकारवालानिकायहरु वीच सहकार्य र समन्वयको कमी जस्ता विभिन्न समस्याहरुले गर्दा भवन संहिताकार्यान्वयनहुननसकेको अवस्थाछ । फलस्वरुपकमजोर भवन संरचनाहरु धेरै संख्यामारहेका र यिनीहरुलाई सुरक्षितबनाउनप्रबलीकरण जस्तो अत्यन्तै संवेदनशीलतथाचुनौतीपुर्ण कार्य बढाउने आवश्यकभइसकेको छ ।

नेपालजस्तोउच्चभूकम्पीयजोखिमरहेको क्षेत्रमाकमजोर भवन संरचनाको निर्माण रोकी सुरक्षितभवननिर्माण गर्न भवन संहिताबमोजिमभवननिर्माण गर्नैपर्ने र बनिसकेको भवन संरचनालाई प्रबलीकरण गरी सुरक्षितबनाउनै पर्ने हुन्छ ।

सर्वसाधारणनागरिक, प्राविधिक, निर्माण व्यवसायी, स्थानीयतहआदिविभिन्न सरोकारवालाहरुलाई भवन संहिता,यसको कार्यान्वयनको महत्वतथाविद्यमानभूकम्पीयजोखिमको बारेमाव्यापकप्रचारप्रसार गरी जनचेतनाअभिवृद्घि गर्ने यो दिवसलाई एउटा महत्वपूर्णअवसरका रुपमा लिनुपर्छ ।

सबैले भवन संहिताको प्रभावकारी कार्यान्वयनतथा राज्यकानिकायले नियमनगर्न सके यो दिवसले सार्थकतापाउनेछ र भविष्यमाहुन सक्ने ठूलो क्षतिबाट बच्न सकिन्छ ।भूकम्पीय सुरक्षालाई वर्ष भरी अभियानका रुपमा चलाउनुपर्छ ताकिदिवसको रुपमाऔपचारिकतामा सीमितगर्नुहुन्न ।

सम्पादकीय :भूकम्पीय सुरक्षा सचेतना दिवसमै सीमित नगरौं

YUGAAWHAN NATIONAL DAILY (2080-10-02)

सम्पादकीय :भूकम्पीय सुरक्षा सचेतना दिवसमै सीमित नगरौं

पञ्चपुरीमा एक युवक मृत फेला