म बालविवाह विरुद्ध बोल्छु अभियानको थालनी गर्दैः जुम्लाको चन्दननाथ नगरपालिका


जुम्लाको चन्दननाथ नगरपालिकामा म बालविवाह विरुद्ध वोल्छु अभियानको थालनी भएको छ । बालविवाह न्युनिकरण गर्ने उद्देश्य तथा बालविवाह विरुद्धको सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म बालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट शुरु गरेको हो ।
यो अभियान नगरपालिका भित्रका १० वटै वडामा हुनेछ । शुक्रवार नगरपालिकाले वडा नम्बर १ बाट अभियान शुरु गरेको चन्दननाथ नगरपालिका बालकल्याण अधिकारी पुष्पा थापाले बताइन् । थापाले भनिन्, ‘चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शखाको कार्ययोजना अनुसार नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान शुरु भएको छ ।’
चन्दननाथ नगरपालिका–१ को वडा कार्यालयमा स्थानीय सरोकारवाला निकाय, वालक्लवका अगुवा, महिला स्वास्थ्य स्वंसेविका, स्थानीय जनप्रतिनिधिको उल्लेखनीय उपस्थितमा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरेको छ ।
महिला विकास निरीक्षक थापाका अनुसार बालविवाह हाम्रो सत्रु भएर आएकाले यसलाई कम गर्न अभियान आवश्यकता देखिन्छ । नगरपालिकामा यस अभियानले एक सचेतनाको जागरण शुरु गर्ने भन्दै यस अभियानमा सवैले साथ दिन जरुरत छ । चन्दननाथ नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नन्दबहादुर गुरुङले वडास्तरबाट गरिएको अभियान सवै मिलेर सफल वनाउनुपर्ने बताए । यो कार्यमा स्थानीय सरकारको प्रतिवद्ध छ ।
नगरपालिकाले साझेदार संस्था युनिसेफ, किडाक नेपालको सहयोगमा थालेको सो अभियानमा जिल्ला प्रहरी कार्यालयले सचेतना दिदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विवेक खनालले बालविवाह भनेको के हो ? यसको असर, बालविवाहको कारण, रोकथामको उपाय, नेपालको अवस्था, कर्णाली र जुम्लाको तथ्यांकका विषयमा सचेतना विषय कार्यपत्र प्रस्तुति गरेका थिए ।
उनले बालविवाहले हुने वेफाईदा र हानीका बिषयमा वालक्लव, किश्वर किश्वरी मात्रै नभई घरपरिवार अभिभावक अझ बढि सचेत भएर न्यूनिकरण गर्नुपर्ने जनाए । सदरमुकामको चन्दननाथ माविका विद्यार्थी, र टयूसन सेन्टरहरुमा सचेतना दिईएको छ । भने क्रमश दैनिक १० वडा कार्यालयमा बालविवाह विरुद्ध म वोल्छु सचेतना अभियान निरन्तर हुनेछ ।
तथ्यांकमा छैन, समाजमा व्याप्त :
विद्यमान रुपमा समाजमा भईरहेको बालविवाहको बिषयमा जिल्ला प्रहरी कार्याललयमा खासै तथ्यांक छैन । किनकी बालविवाह विरुद्धका मुद्दानै आउदैनन । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७९÷०८० मा जुम्लामा बालविवाह विरुद्धका मुद्दा छैनन ।
भर्खरै बालविवाह विरुद्धको साझा सञ्जालले सार्वजनिक गरेको तथ्यांकमा जनस्वास्थ्य कार्यालयमा आर्थिक बर्ष २०७९÷०८० मा एक हजार ६ सय २९ गर्भअवस्था जाँच गर्न आएका मध्य तीन सय १२ जना २० बर्ष मुनिका किश्वरी छन् ।
यसैगरी नेपालले स्थानीय सरकारको सहयोगमा सिञ्जा क्षेत्रमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालले गरेको बालविवाह व्यापकता सर्वेक्षणमा बालविवाह बढ्दो छ तर निरन्तर घटिरहेको छ ।






