सोती घटनाः ‘जातधारीले बगाएको प्रेम कहानी’

सोती घटनामा ज्यान गुमाएका नवराज विक । (फाइल तस्विर)

प्रेम न हो, न उमेर हेर्छ न त जात नै, न रुप हेर्छ न त रङ्ग नै ।

तर जातले भने प्रेम देखेपछि जाजरकोटका २१ वर्षिय प्रेमी नवराज विकले आफ्नो जानै गुमाउनुप¥यो । प्रेमी मात्र होइन, नवराज र उनकी प्रेमिका विचको सम्वन्ध प्रगाढ बनाउन लागेका अन्य ६ जनाले समेत ज्यान गुमाए । १२ जना गम्भिर घाईते भए ।

निकै माया गर्थिन् कल्पना (नाम परिवर्तन), नवराजलाई ।

मावन समुदायमा कयौँ यस्ता जोडिहरु छन्, जसले आफ्नो प्रेम सम्वन्ध सधै लुकाउन चाहन्छन् । भित्र–भित्र सल्बलाउने प्रेम कहानीवारे न कसैले भनक पाउछन्, न त सुईको नै ।

तर नवराज र कल्पनाको जोडी भने फरक थियो । यो जोडीले आफ्नो प्रेम कथा कहिल्यै लुकाउनै चाहेन । करिव एक वर्षको प्रेम यात्रामा उनिहरु एक–अर्काका आफन्तलाई नाता लगाउने भईसकेका थिए । आफन्तलाई सम्मान गर्थे, प्रेमको सम्वन्ध गास्दै नाता लगाउथे, ढोकभेट चल्थ्यो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चल्दै थियो, कल्पनाले पहिलोपटक नवराजलाई भेटेको ।

२०७५ सालको कुरा हो, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ निवासी कल्पना मल्ल भित्रुवन उच्च माध्यमिक विद्यालय, जाजरकोटमा आयोजना भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेकी थिईन् । दर्शक दिर्घामा रहेका समय नवराजलाई उनले नियाल्न पुगिन् । उसो त, नवराज राम्रो खेलाडीमा रुपमा पनि परिचित थिए ।

टेलिफोन नंम्वर साटासाट भयो, कुराकानी बाख्लिन थाले, फेसबुकमा पनि जोडिए । र, प्रेम बस्यो ।

कति सजिलै बसेको थियो प्रेम, दुवैले पत्तो पाएनन् ।

प्रेमले आफ्नो जालो बुन्दै थियो, एक आपसको घरमा आउने–जाने तथा सँगै बस्ने समेत शुरु भईसकेको । उनिहरु एक अर्काप्रति आश्रित भईसकेका थिए, पूर्ण सर्मपित भईसकेका थिए ।

केहि महिनामै एकअर्काको घरपरिवार र आफन्तलाई चिनाउन शुरु पनि भयो । नाता लगाउदै बोल्न थालियो । २१ वर्षिय युवक र १७ वर्षिय युवतीको प्रेम कथामा सबै राम्रै चल्दै थियो ।

तर यो प्रेम कथा भित्रको चिसो पक्षपनि त्यत्तिकै मौलाउदै थियो, त्यो हो जातिय छुवाछुत ।

समाज र आफन्तले जातिय विषय लिएर यो जोडीलाई एक हुन नदिने विषयमा दुवै प्रेमीले नसोचेका भने होइनन् । प्रेम कहानी अभिभावकसामु पुग्न समय नै लागेन ।

केटी पक्षका अभिभावक निकै चिन्तामा थिए । दलित समुदायको केटासँग छोरीले प्रेम गाँसेकोमा उनीहरु सन्तोष भने थिएनन् । एकातिर छोरीको चाहना, अर्कोतिर सामाजिक तिरस्कारको डरले केटीका अभिभावकलाई कहिल्यै छोडेन ।

छोरीलाई सम्झाए, उनीहरुले । बुझाँउने प्रयास गरे । समाजले नवराजसँगको सम्वन्ध स्विकार्न नसक्ने जनाए । तरपनि कल्पनाले मानिनन्, वयष्क उमेरको उत्तरार्धमा रोजिएको प्रेमीसँग छुट्टिन कल्पनाले मान्दै मानेनन् । उल्टै अभिभावकलाई सम्झाउथिन् उनि, ‘यो जमानामा पनि जात–भात हुन्छ र ?’

कल्पना अध्ययनका लागि चौरजहारीमा डेरा लिएर बस्थिन् । यि दुई विचको प्रेम यही समयमा अलि बढी नै फक्रिन थालेको हो ।

जाजरकोटको सदरमुकाममा मेला लागेको थियो । कल्पना मेला हेर्न पुगिन्, नवराज पनि ।

मेलापछि नवराजले कल्पनालाई आफ्नो घर लिए । करिव चार दिनसम्म नवराजको घरमा कल्पना बसिन् ।

विभिन्न समयमा करिव सात दिनसम्म कल्पना नवराजको घरमा बसेकी छन् । सामाजिक रुपमा वन्धनमा नवाधिएपनि यो जोडी आफुलाई सातौ जुनीभरका लागि सोच्न थालिसकेको थियो ।

नवराजका बुवा आमा डराउन थाले । आफुहरु दलित र केटिपक्ष मल्ल ठकुरी, यो नै नवराजका बुवाआमाको मनमा डर जगाउने विषय बन्यो । यस वारेमा केटा–केटीलाई उनीहरुले नभनेका पनि होइनन्, ‘हामी दलित जाती र तिमिहरु मल्ल ठकुरी । पछि समस्या पर्नसक्छ । फेरी नानीको उमेर पनि पुगेको छैन ।’

केटाका बुवा–आमालाई पनि कल्पना नै सम्झाउथिन्, ‘जातीय विभेद तथा छुवाछुतको अन्त्य भईसकेको छ । अझै यस्ता कुरामा विश्वास गर्नुहुन्छ ?’

नवराज र कल्पनाको प्रेमसम्वन्ध अझै गहिरिदै थियो ।

कल्पनालाई भेट्न जाँदा नवराज प्रहरीको हिरासतमा समेत पुग्नुपरेको घटना पनि छ ।

आफ्ना तीन जना साथी सहित नवराज कल्पनालाई भेट्न उनको गाउँ पुगेका थिए । सो समयमा कल्पनाका परिवारले नवराज लगायतका युवालाई समातेर प्रहरीकोमा पु¥याएका पनि हुन् ।

२०७६ चैत्र १७ गते कल्पनाका गाउँका तत्कालिन वडा अध्यक्षले नवराज सहितलाई प्रहरीको जिम्मा लगाए । छोराको प्रेम कहानीको साक्षी बन्दै भोलीपल्ट उनकी आमाले प्रहरीबाट छुटाएर घर ल्याईन् । प्रहरीले सम्झाईबुझाई नवराजलाई घर पठायो ।

सबैतिर हल्ला थियो । कल्पनालाई नवराजबाट छुटाउन सक्ने विषयमा उनका अभिभावकले सोच्न पनि छाडिसकेका थिए । कल्पनाका अभिभावक र समाज यि दुई जोडीको प्रेमसम्वन्धका विषयमा विरुद्ध नै थिए ।

दुई प्रेमीको कहानीको अन्त्य, कल्पनाको विहे गदिर्नु निचोड निस्कियो । कल्पनालाई नवराजसँगको साटो अन्तै, अर्कै केटासँग विहे गरिदिएपछि यो विषयको अन्त्य हुने उनका अभिभावकले सोचे । कल्पनालाई पनि फकाउन थालियो । प्रलोभन दिइयो, आवश्यक ठाउँमा हप्काइयो पनि ।

२०७७ साल जेठ ७ गते कल्पनाले नवराजलाई खबर गरिन् । आफुलाई अर्कैसँग विहे गरेर पठाउने तयारी थालिएको नवराजलाई बताइन् । नवराज पनि यस विषयमा निकै चिन्तामा परे ।

सोही दिन नै साँझ साथिहरुको दलवल सहित नवराज कल्पनाको गाउँ पसे । कल्पनाले पनि पनि केटाहरु लिएर आउनु भनेकी थिइन् (केटा पक्षले यस आरोप लगाएपनि कल्पनाले नवराजलाई बोलाएको भन्ने पुष्टी भईसकेको छैन) ।

नवराज सहित १९ जना केटाहरुको समुह कल्पनाको घरभन्दा करिव पाँच सय मिटर नजिक पुग्यो । यो समुहबाट एक जना साथी सोही समयमा फर्किए ।

नवराज सहितको समुहलाई घरमुनीको बाटोमा देखेपछि कल्पनाकी आमाले ‘ए त फेरी आईस्, अझै पुगेन’ भन्दै गाली गलौच गर्न थालिन् । यिनीहरुलाई मार्नुपर्छ, सिध्याउनुपर्छ भन्दै उनले फोन गर्न थालिन् ।

वडाअध्यक्षलाई गाउँका सबैलाई बोलाउन उनले फोन गरेको देखेर केटाहरु त्यहाँबाट सरासर हिडे । कल्पनाकी आमा एकसुरे गाली गरिरहेकी थिइन् । अवस्था बिग्रदै थियो ।

केटी पक्षले कल्पना र नवराज विचको प्रेम सम्वन्धलाई कहिल्यै स्विकारेनन् ।

कल्पनाको घरछेउबाट नवराजहरु हिँडेको करिव ४५ मिनेट पछि गाउँलेले उनिहरुलाई घेरा हालिसकेका थिए । मध्यपहाडी लोकमार्ग पुग्दै गर्दा गाउँलेले केटाहरुलाई घेरा हाल्दै आक्रमण गर्न थाले । घरेलु हतियार सहित आएका गाउँलेले आँसी, लाठीलगायत बाटोमा रहेका ढुंगा प्रयोग गर्दै नवराजको समुहमाथी आक्रमण गर्न थाले ।

चौरजहारी नगरपालिका–८, सोतीमा भएको यो घटनामा ६ जना युवाको ज्यान गयो, १२ जना युवा गम्भिर घाईते भएका थिए ।

कानबाट रगत बगेको, आँखा वाहिर निस्किएको, घाँटी भाचिएको र दात झरेको अवस्थामा घटना भएकै दिन ७ः१५ बजे नवराजको लाश प्रहरीले फेला पा¥र्यो ।

(सोती घटनाबारे छानविन गर्न बनेको संसदीय विशेष समितिद्वारा स्थलगत अध्ययनपछि तयार प्रतिवेदनको आधारमा जेष्ठ, २०७९ मा प्रकाशित यस लेख पुनः प्रकाशन गरिएको हो । हाल जिल्ला अदालत, रुकुम पश्चिममा यो घटना मुद्धाको निरन्तर सुनुवाई चलिरहेको छ ।)

सोती घटनाः ‘जातधारीले बगाएको प्रेम कहानी’

रारामा हिमपात शुरु

सोती घटनाः ‘जातधारीले बगाएको प्रेम कहानी’

कर्णालीमा हिमपात, हवाई उडान प्रभावित