लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २६ बर्षका खगेन्द्र सारु रहेका छन् ।

लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको पाँच जनाको प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको तीन जना प्रहरी टोलीले वीरेन्द्रनगर –१० बाट पक्राउ गरेको हो ।

सारुको साथमा लुकाई छिपाई राखेको नाप तौल नगरेको १५ (पन्ध्र) पुडिया लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ल्याई राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

लागूऔषध सहित एक जना पक्राउ

विपन्न परिवारलाई स्वास्थ्य बिमा